fffबिर्तामोड । झापामा पहिलो पटक आयोजना भएको प्रथम रमपम झापा गोल्ड कपको बिहीबार भएको उद्घाटन खेलमा झापा ११ ले भारत महाराष्ट्रको साङली डिएफएबिरुद्ध गोलको बर्षा गरेको छ । झापाले साङली डिएफएलाई शुन्यका बिरुद्ध नौ गोल गर्दै जित हाँसिल गरेको छ ।
झापाले खेल शुरु भएको दोश्रो मिनेटमै सुमिन मैनालीको गोलमा अग्रता लिएको थियो । कप्तान प्रवेश कटवालको पासमा मैनालीले हेड मार्फत बललाई जाली चुमाएका थिए । खेलमा एकतर्फी रुपमा हावी भएको झापाले पहिलो हाफमा लगातार आक्रमण जारी राख्यो । चर्चित स्ट्राइकर कर्ण लिम्बुले १३ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
झापाको टीमका लागि यसै खेलबाट डेब्यू गरेका सञ्जोग राईले खेलको १६ मिनेटमा गोल गरे । कर्ण लिम्बुले १८ मिनेटमा सुमिन मैनालीको पासमा गोल गरे । राष्ट्रीय टिममा परेर अन्तराष्ट्र्््््््््ीय प्रतियोगिता खेलेका योगेश गुरुङ्गले २५ मिनेटमा अर्काे गोल थपेर झापाको जित पक्का गरे ।
पहिलो हाफकै २८ मिनेटमा स्ट्राइकर कर्णले हर्काे गोल थपेर ह्याट्रिक पुरा गरे । झापाका पुराना स्ट्राइकर नगेन्द्रमणी लिम्बुले ३० औं मिनेटमा वान भर्सेस वान खेल्दै गोल गरे । खेलको ३२ मिनेटमा कर्ण लिम्बुले गोल गर्दे पहिलो हाफमा ८ शुन्यको स्थितीमा खेललाई पु¥याए ।
पहिलो हाफमा फितलो देखिएको साङली डिएफएले दोश्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो । साङलीले खेल अवधिभर एउटा मात्र आक्रमण बुनेको थियो । त्यो पनि झापाका गोलकिपर किशोर गिरीले बिफल पारेका थिए । दोश्रो हाफको ५७ औं मिनेटमा कर्णले नै आफ्नो ब्याक्तिगत पाँचौं र टिमको लागि नवौं गोल गरेका टिए ।
खेलपछि झापाका प्रशिक्षक भगिरथ आलेले भारतीय टिम झापा भन्दा कमजोर भएकाले जित हाँसिल गर्न सहज भएको प्रतिक्रिया दिए । उनले झापाले उपाधी जित्ने लक्ष्यका साथ तयारी गरेकाले पनि ठुलो अन्तरले जित निकाल्न सफ भएको बताए । त्यसैगरी साङली डिएफएका प्रशिक्षक जुबेर जमदारले झापाली टीमको खेल कौशल नबुझेको कारण पहिलो हाफमा धेरै गोल अन्तरले पछि परेको बताए । उनले प्रतिकुल मौषमका कारण आफ्ना खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए ।
खेलको म्यान अफ द म्याच झापाका स्ट्राइकर कर्ण लिम्बु घोषित भए । उनले झापा ११ को साउदी अरबमा रहेका फ्यान क्लबबाट प्रायोजन गरेको पाँह हजार रुपैया प्राप्त गरे । आजको खेल नेपाल प्रहरीका बिरुद्ध भारतको गोर्खा ब्वाइजबिच हुने आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिब केशब बिष्ट, एन्फाका उपमहासचिब सञ्जीब मिश्र, एशियन थाई फुड्सका प्रमुख महेस जाजु, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका जिल्ला नेतृत्व लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: