खेलकुद महासंघ गाविससम्म विस्तार गर्ने

tttतुलसी प्रसाद कोईराला/
उदयपुर । एकीकृत माओवादी निकट अनिल नेपाल खेलकुद महासंघको संगठन गाविससम्म पुर्याईने भएको छ ।  महासंघको शुक्रबार सम्पन्न १ नं. प्रदेश स्तरीय बैठकले सबै गाविस तथा नगरपालिकाहरुमा खेलकुदको संरचना निर्माण गरिसक्ने निर्णय गरेको हो ।

प्रदेशका संयोजक किरण राईको अध्यक्षतमा विराटनगरमा सम्पन्न बैठकले १० दिन भित्र सबै जिल्लामा कार्यालय संचालन गर्ने, एक महिना भित्र गाविस तथा नगर स्तरीय संगठन निर्माण गरी दुई महिनामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।

संयोजक राईका अनुसार आगामी असार भित्र प्रदेश सम्मेलन सुनसरीको ईटहरीमा गर्ने जनाईएको छ । महासंघको प्रदेश सम्मेलन सम्पन्न गर्ने किरण राईको संयोजकत्वमा एक समिति गठन गरेको छ । महासंघको सम्मेलन आयोजक समितिमा जसमा पुष्प लाल ढकाल झापा,रितेस श्रेष्ठ सुनसरी, राम संघर्ष किराती सोलु, बाजेन्द्र राई भोजपुर, नयन श्रेष्ठ धनकुट्टा, द्वारिका रेग्मी मोरंग, दीपेन राई इलाम, दीपक थापा उदयपुर, गोबिन्द पौडेल रहेका छन ।
त्यसैगरी महासंघले असारमा जिल्ला स्तरीय र प्रदेसमा स्तरीय पुरुष भलिबल प्रतियोगिताको साथमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: