प्रचण्डको नियमित भेटघाट दिउँसो ३ बजेपछि मात्रै

puuuकाठमाण्डौं । एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटको निम्ति छुट्टै समय तय गरेको छ ।
शुक्रबार बसेको पार्टीको स्थायी समितिको बैठकले दिउँसो ३ बजेपछि मात्रै प्रचण्डलाई भेटघाट गर्नसक्ने गरी समय निर्धारण गरेको हो ।
अब प्रचण्डले पनि त्यसैअनुसार निमित भेटघाटको लागि समय व्यवस्थापन गर्ने भएका छन् ।

बिहानको समयमा दबाब रहने र विशेष बैठक र अध्ययनमा समय दिनुपर्ने भएकोले भेटघाटको समय परिवर्तन गरिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
सर्वसाधरण, शुभेच्छुक र पार्टीका नेता तथा कार्यकर्तालाई धेरै समय उपलब्ध गराउन भेटघाटका लागि विशेष समय तोकिएको सचिवालयले जानकारी दिएको छ । अब नियमित रुपमा भेटघाट गर्नेले प्रचण्डलाई दिउँसो ३ बजे अघि भेट्न नपाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: