वाईसीएलद्धारा सुर्खेतमा उपेन्द्रलाई कालोझण्डा

kalo-jhandaकाठमाण्डौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई एकीकृत माओवादीको युवा संगठन वाईसीएलले सुर्खेतको वीरेन्द्रनगरमा कालोझण्डा देखाएका छन् ।

फोरमका खसान प्रदेशले आयोजना गरेको कार्यक्रममा भाग लिन गएका यादवलाई वाईसीएलले कालोझण्डा देखाएका हुन् । मोर्चाले तराईमा गैरमधेसवादी दललाई अवरोध गर्ने तथा दुःख दिने काम गरेको भन्दै वाईसीएलले यादवलाई कालोझण्डा देखाएका हुन् । वाईसीएलको प्रदर्शनमा एमाले युवा संगठन युवा संघ नेपालले पनि एक्वयद्धता जनाएका थिए ।

वीरेन्द्रनगरमा रहेको भ्याली भ्यू होटलमा खान खाने क्रममा युवाहरुले कालोझण्डा देखाउँदै नाराबाजी गरेका थिए । वीरगञ्जमा केही दिनअघि वीरगञ्ज महोत्सवको उद्घाटनका लागि गएका एमाओवादी अध्यक्ष प्रचण्डलाई मोर्चाका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्: