fanalबिर्तामोड । रमपम झापा गोल्डकपको शुक्रबार भएको दोश्रो खेलमा नेपाल पुलीस क्लबले भारतीय आर्मीको गोरखा ब्वाइज क्लबलाई एकका बिरुद्ध तीन गोल गर्दै क्वाटरफाइनलमा प्रवेस गरेको छ । बिजयसँगै क्वाटर फाइनलमा पुलीसले नेपाल आर्मीको सामना गर्ने छ ।

अत्यान्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको ३१ औं मिनेटमा पुलीसका सुमन लामाले वान भर्सेस वानमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पुलीस एक गोलले अगाढी रहेकोमा दोश्रो हाफको ७८ औं मिनेटमा रविन श्रेष्ठले दोश्रो गोल थपी जित पक्का गरेका थिए । उनले निरकुमार राईको पासमा आकर्षक गोल गरेका थिए ।
दुइ गोलले पछि परेको अवस्थालाई उल्टाउदै गोरखाले खेलको ८२ औं मिनेटमा बिरेक थापाले गोल गर्दे जितको सम्भावना राखेका थिए । थापाले बिपक्षी खेलाडीले ब्याक पास मिस गर्दा गोल गरेका थिए ।

पुलीसका दिनेस गुरुङ्गलाई फल गरेपछि गोरखाका सुनिल गुरुङ्गलाई रेफ्री लव खत्रीले रातो कार्ड दिएका थिए । १० खेलाडीमा सिमित भएपछि दवाबमा आएको गोरखाले थुप्रै आक्रमण गरेपनि त्यो सफल हुन सकेन । खेलमा थपिएको इन्जुरी समयमा पुलीसका हेम तामाङ्गले गोल गर्दे नतिजा तीन एकमा पु¥याए । खेल अवधीभर गोरखाले राम्रो मुभ बनाएपनि फिनिसिङमा कमजोर देखिएको थियो । खेलको म्यान अफ द म्याच पुलीसका सुमन लामा घोषित भए । उनले साउदी अरबमा रहेका झापाली फुटबल फ्यान क्लबले प्रायोजन गरेको ५ हजार नगद पाए ।

पराजयपछि गोरखाका प्रशिक्षक गंगा गिरीले नयाँ ठाँउ र पर्याप्त प्रशिक्षणको अभावका कारण टीमले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । उनले झापा गोल्डकपमा प्रबेश पाउनु नै ठुलो कुरा भएको बताउदै आगामी दिनमा खेलमा सुधार गर्ने मौका मिलेको बताए ।
पुलीका प्रशिक्षक बिराटकृष्ण श्रेष्ठले नेपाली फुटबल टीममा पुलीस मध्यम स्तरको भएको बताए । उनले आजको खेलमा पहिलो राजाइका खेलाडी नखेलाइएको बताउदै जित निकाल्न संघर्ष गर्नुपरेको बताए । प्रतियोगिता भइरहेको झापाको डोमालाल रंगशाला ‘स्लो ग्राउण्ड’ रहेकाले खेलाडीले खुलेर खेल्न नसकेको प्रतिक्रिया दिए । श्रेष्ठले आजको प्रदर्शनले उपाधि जित्न नसकिने बताउदै आगामी खेलमा रणनीति परिवर्तन गरिने बताए ।   आजको खेल झापा ११ र कास्की ११ बिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: