fainalबिर्तामोड । रमपम झापा गोल्डकपको शनिबार भएको क्वाटरफाइनल खेलमा रमपम झापा ११ बिजयी भएको छ । झापाले कास्की ११ पोखरालाई दुईका बिरुद्ध तीन गनेल गर्दे सेमिफाइनल प्रवेश गरेको छ ।

झापाको डोमालाल राजबंशी रंगशालामा भएको तेश्रो दिनको प्रतियोगितामा झापाका तर्फबाट खेलको १० मिनेटमै स्ट्राइकर बिशाल राईको पासमा गणेश खड्काले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । झापाको अग्रता लामो समयसम्म टिक्न सकेन । लगत्तै खेलको १९ औं मिनेटमा पोखराको तर्फबाट राकेश गुरुङ्गले प्रहार गरेको बल झापाका डिफेन्डर रबीथापा मगरको खुट्टामा लागि जाली चुमेको थियो ।

बराबरीको स्थितीमा आएपछि झापा दवाबमा आएको थियो । खेलको २४ मिनेटमा झापाका गणेश खड्काले प्रहार गरेको बल पोखराका गोलकिपर तेन्जिङ नामग्यालले फर्काएपछि सोही बललाई झापाका मिडफिल्डर दिलेन लोक्तामले सुन्दर गोलमा परिणत गरेका थिए ।
पहिलो हाफसम्ममा झापा २ र पोखरा १ गोलको स्थितीमा थिए । दोश्रो हाफमा पोखरा लयमा फर्किएको थियो । पोखराका लागि ५१ औं मिनेटमा कप्तान उत्तम गुरुङ्गले गोल गर्दे खेललाई बराबरीको स्थितीमा पु¥याएका थिए । पहिलो हाफ भन्दा दोश्रो हाफमा झापाले दवाबको सामना गर्नुपरेको थियो । पोखराका आधादर्जन बढी प्रहारहरु झापाका गोलरक्षक किशोर गिरीले आकर्षक बचाउ गरेका थिए ।

हजारौं दर्शकबीच दवाबमा देखिएको झापाले केही मुभ बनाएपनि फिनिसिङ कमजोर रहेको थियो । खेलको अन्त्यतिर झापाका लागि चर्चित स्ट्राइकर कर्ण लिम्बसले निर्णायक गोल गरे । झापाका सन्जोग राइले डि–बक्स भित्रबाट गरेको प्रहार पोष्टमा लागेर फर्किएको बललाई अनमार्क रहेका कर्ण लिम्बुले सजिलै गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ द म्याच झापा ११ का पहिलो गोलकर्ता गणेश खड्का भएका थिए । उनले साउदी अरबमा रहेका झापा ११ का फ्यानले प्रायोजन गरेको नगद ५ हजार सहित ट्रफी पाएका थिए । त्यसैगरी बिर्तामोडका फूटबल समर्थक एसपी प्रसाँईले झापाका तीनैजना गोलकर्तालाई जनही २ हजार रुपैंयाँ पुरस्कार प्रदान गरेका थिए ।

जीतपछि झापाका प्रशिक्षक भगिरथ आलेले प्रतिक्रिया दिंदै झापाको जित खेलाडीको कढा मेहेनतका कारण मात्र भएको बताए । डिफेन्स र गोलकिपरबीच तालमेल नहुँदा दुबै गोल झापाले खाएको बताउदै आगामी खेलमा नयाँ रणनीतिका साथ मैदानमा उत्रने बताए । प्रविधिक रुपमा पोखरा अब्बल रहेकोले झापाले दवाबमा रहेर खेल्नुपरेको उनले बताए ।

कास्की ११ का टीम मेनेजर हिटलर गुरुङ्गले झापालाई भाग्यले साथ दिएकाले हार ब्यहोर्नु परेको बताए । उनले आफ्ना खेलाडी उमेर समुहमा अण्डर १९ का रहेकाले अपेक्षित प्रदर्शन गर्न नसकेको स्विकार गरे । पहिलो हाफमा कास्कीले दवाब ब्यहोरेपनि दोश्रो हाफमा झापालाई प्रेसरमा राखेर खेलेको भन्दै उनले पोखराको प्रदर्शन शसक्त भएको बताए । आइतबारको खेल नेपाल आर्मी र नेपाल प्रहरीबीच हुने आयोजक समितिका महासचिब गणेश पोखरेलले बताए ।

बिर्तामोड(ब्लाष्ट) सभामुख ओनसरी घर्तीले संविधानको कार्यान्वयनमा साहसपूर्वक लाग्न महिलाहरुलाई आह्वान गरेकी छिन् । अन्तरपार्टी महिला सञ्जाल झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख घर्तीले यस्तो आह्वान गरेकी हुन् ।

‘संविधान निर्माणमा तपाईहरुले महत्वपूर्ण भूमिका खेल्नुभएको छ,’ कार्यक्रममा उपस्थित महिलालाई संवोधन गर्दै उनले भनिन्, ‘अब महिलामैत्री कानुन बनाउनका लागि पनि तपाईहरुको योगदान चाहिन्छ ।’ ऐन बनाउनमा आफ्नो मुख्य भुमिका रहने बताएकी सभामुख घर्तीले ऐन बन्ने कुरामा सम्पूर्ण महिला सचेत हुनुपर्ने बताइन् । अधिकांश समय महिला अधिकारका कुरा गरेकी घर्तीले दाइजोप्रथाको विरोध गर्न महिलालाई आह्वान गरिन् ।

नेपालमा भएका परिवर्तनमा झापाबासीको भुमिका रहेको सभामुखको कथन थियो । ‘हरेक परिवर्तनमा झापाबासीको निर्णायक भूमिका रहेको छ,’ उनले भनिन्, ‘प्रगतिशिल र अग्रगामी मानिसहरुको बस्ती छ झापामा ।’ जनयुद्धमा दुई वर्ष आफूले झापामा बिताएको बताएकी घर्तीले सहिदले शाहदत प्राप्त गरेको स्थल सुखानीमा त्यसबेला आफू धेरैपटक पुगेको बताइन् ।

राजनीतिमा महिला पनि अघि बढ्नुपर्ने धारणा राख्दै उनले भनिन्, ‘महिलाले पनि राजनीति गर्न सक्छन्, म जनयुद्धमा हु“दा झापाली महिलाका धेरै कहानी सुनेकी थिए“ ।’ देशका मुख्य पा“च पद महिलाले सम्हालेको स्मरण गर्दै उनले आफूहरुले समानताको राज्य प्रणाली चलाउन चाहेको बताइन् । महिलाले चाहेमा जुन् क्षेत्रमा पनि जान सक्ने बताउ“दै घर्तीले स्थानीय निकायको निर्वाचनमा सक्रियताका साथ अघि बढ्न उनले महिलालाई आह्वान गरिन् । ‘संविधानमा महिलाका धेरै कुरा समेटिएका छन्,’ उनले भनिन्, ‘त्यसलाई कार्यान्वयन गराउन पहल गर्नुस् ।’ कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालको भवन निर्माणका लागि सहयोग गर्ने जग्गादाता, आर्थिक सहयोग गर्ने दाता, राजनीतिक दलका प्रमुख लगायत सामाजिक क्षेत्रका अगुवा दर्जनौ संघ–संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: