अनुगमन गर्न गएका मन्त्री पुनमाथि नै आक्रमण

Ganeshman punकाठमाण्डौं । तरकारी बजारको अनुगमन गर्न बल्खु पुगेका आपूर्तिमन्त्री गणेशमान पुनमाथि नै ब्यापारीहरुले आक्रमण गरेका छन् । आपूर्ति मन्त्री पुन मंगलबार विहान टोलीसहित अनुगमन गर्न बल्खु पुगेका थिए ।

व्यापारीहरुले पटक–पटक अनुगमनको नाम दुःख दिइएको भन्दै मन्त्रीसहितको अनुगमन टोलीमाथि आक्रमण गरेका हुन् ।

व्यापारीहरुले प्रयोग गरेको ढकतराजुबारे अनुगमन गर्न टोली बल्खु तरकारी बजार पुगेको थियो । दैनिक उपभोग्य वस्तु तथा तरकारीमा मनपरी मूल्यवृद्धि गरिएको गुनासो बढेपछि मन्त्री पुन टोली लिएर तरकारी बजार कालीमाटी पुगेका थिए ।

ब्यापारीहरूकै आक्रोसपछि टोलीले अनुगमन गर्न सकेन । अनुगमनका लागि टोलीले ब्यापारीसँग वार्ता गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: