कांग्रेसको चाहना चुनावअघि दुई सरकार

sher-bahadur-deubaझापा । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गर्ने प्रारम्भिक चर्चामा त्यति चासो देखाइरहेका छैनन्, जति माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनीनिकट नेताहरुमा देखिएको छ ।

दुई महिनाअघि पार्टी सभापति र संसदीय दलको नेतामा निर्वा्चित भएको रापतापकै बेला ओली सरकार विस्थापित गर्न देउवाले तत्कालिन एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेरै अघि बढेका थिए ।

प्रधानमन्त्री बन्न पार्टी निर्णय लिई अघि बढिसकेका प्रचण्ड अन्तिम अवस्थामा ‘धोका’ दिएको भन्दै देउवा यसपटक त्यही ‘अपरिपक्व खेल’ नदोहोरियोस् भन्नेमा सचेत छन् ।

त्यसैले ओलीको विकल्प खोज्न माओवादी केन्द्रका नेताहरुले राखेको प्रस्तावमा देउवाको ‘तयारी’ जवाफ छ, ‘पहिले सरकार ढालेर आउनुस्, सरकारबाट नबाहिरिएसम्म माओवादीलाई पत्याउन सकिन्न ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: