गिरी र भण्डारीको चरित्रहत्याको प्रयास

झापा । केही समयदेखि बिभिन्न सञ्चारमाध्यममा बिर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी र सह–सम्पादक सुरेन्द्र भण्डारीको नाम सचेत नागरिक समुह नामक संगठनसँग जोडेर भइरहेको प्रचार र बक्तब्यवाजी नियोजित तथा भ्रामक भएको सो प्रकाशन गृहले जनाएको छ ।

पूर्वाञ्चल दैनिकका ब्यवस्थापक चन्द्रकान्त ढकालले मंगलबार बिज्ञप्ती जारी गरी सम्पादक गिरी र सह सम्पादक भण्डारीको संलग्नता बाहिर प्रचार गरिएको भूमिगत संगठनसँग रहेको आधार प्रमाणसहित पुष्टि गर्न चुनौती दिएका छन् । आजको पूर्वाञ्चल दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: