मोदी सरकारमा पहिलोपटक गोर्खाल्यान्डका मन्त्री

ss-ahluwaliaझापा । मोदी सरकारले मंगलबार दार्जि्लिङका लोकसभा सांसद एसएस आहलुवालियाजीलाई राज्यमन्त्री बनाएपछि स्वतन्त्र भारतको इतिहासमा दार्जि्लिङका सांसदले पहिलोपटक मन्त्रीमण्डलमा प्रवेश पाएको भन्दै गोर्खा जनमुक्ति मोर्चासहित नागरिकले खुसी व्यक्त गरेका छन् ।
मोर्चा अध्यक्ष विमल गुरुङले मोदी मन्त्रीमण्डल पुनर्गठनपछि मंगलबार भने, ‘स्वतन्त्र भारतको इतिहासमा दार्जि्लिङका सांसदले युनियन क्याबिनेटमा स्थान पाएको यो पहिलोपटक हो । उक्त पहलले भाजपा सरकारको दार्जि्लिङ र डुबर्स क्षेत्रका जनताका निम्ति सम्मान अनि आदर भाव झल्किन्छ ।’

भारत स्वतन्त्र भएदेखि अहिलेसम्म नेपाली भाषीको बाहुल्यता रहेको दार्जि्लिङका सांसदले सरकारका प्रवेश पाएका थिएनन् ।

गोर्खाल्यान्ड माग गर्दै लडेका गोर्खालीले यो कदमलाई सकारात्मक रुपमा लिएको बताएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: