यसरी भयो तरकारी अनुगमनमा गएको टोलीमाथि आक्रमण

kalimati-tarkari-bazaarझापा । अनुगमनमा गएको सरकारी टोलीमाथि बल्खु तरकारी बजारका व्यापारीले मंगलबार हातपात गरेका छन् । डिजिटल तराजु नवीकरण नगरेको, प्रमाणित नगरेको र कम तौल दिएर उपभोक्ता ठगेको भन्दै कर्मचारीले तराजु जफत गरेपछि हातपात गरेका हुन् । व्यापारीले बन्दा, काँक्रो, मूलालगायतका तरकारीले आक्रमणसमेत गरेका थिए ।

बिहान साढे १० बजे अनुगमन टोली बल्खुस्थित थोक तरकारी बजार पुगेको थियो । थोक बजार चार वर्षअघि सञ्चालनमा आएको हो भने करिब एक वर्षदेखि खुद्रा विक्रीका लागि नयाँ स्टल सञ्चालनमा छन् । पुरानो स्टल निरीक्षणका क्रममा चित्तबुझ्दो सफाइ देखेपछि कर्मचारी फर्कने थालेका थिए । फर्कंनै लाग्दा गुणस्तर विभागका निरीक्षक कमल ओझाले डिजिटल तराजुमा गढबढी देखिएको भन्दै अनुगमन टोलीका सबै सदस्यलाई जानकारी गराएपछि व्यापारीसँग सोधिखोजी भएको थियो ।

तराजुको पछाडि निर्माता कम्पनीको स्टिकर नदेखेपछि तराजु प्रमाणित भए–नभएको र नवीकरण गरे–नगरेको कागजात ल्याउन अनुगमन टोलीले व्यापारीलाई निर्देशन दिएका थिए । तराजुको प्रमाणित कागजात नभए जफत गरी लैजाने र नापतौल प्रमाणित गरी पठाइदिने ओझाले बताए ।

सो क्रममा आपूर्ति विभागका निरीक्षक रामचन्द्र काफ्ले एउटा स्टलमा स्टिकर नभएको तराजु फेला पारे । स्टलबारे जानकारी माग्दा कसैले नबताएपछि तराजु जफत भयो । अर्को त्यस्तै तराजु जफत गर्न लाग्दा एक व्यापारीले नलैजान आग्रह गरे । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: