लेखा अधिकृत कार्यकक्षमा नाङ्गै

lekhaउदयपुर । उदयपुर जिल्लाका एक लेखा अधिकृत कार्यकक्षमा नाङ्गै फेला परेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरका लेखा अधिकृत दयाराम काफ्ले कार्यकक्षमा नाङ्गै फेला परेका हुन ।

सिचाई डिभिजन कार्यालय उदयपुरको लेखा हेर्ने जिम्मेवारी पाएका काफ्ले मंगलबार दिउसो ३ः३१ बजे सिचाई कार्यलय पुग्दा सट खोलेर सेन्डो गन्जी लगाएर कार्यकक्षमा काम गरिरहेका थिए ।

निजामति कर्मचारीहरुको तोकिएको पोशाक नलागउनु त सामान्य हो तर अधिकृत तहको कर्मचारी कार्यालय समय भित्रै कार्यकक्षमा गन्जीमा भेटीनुमा लेखा अधिकृतको दादागिरी रहेको सिचाईका कार्यालयका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए । उनले भने ‘के गर्नु सर लेखा अधिकृत हुनुहुन्छ उहाँ तर असारको लेखाका कर्मचारीले हामी प्रशासनका कर्मचारीलाई टेर्दैनन् ।’

उता असार महिनामा विकास बजेट खर्च गर्नको लागि लेखा अधिकृत काफ्ले गन्जीमा लगाएर कार्यालय समयमा रहने गरेको अर्का कर्मचारीले बताए । ‘असारको चट्टारो भएर होला गर्मी छ लेखा अधिकृत काफ्ले गन्जी लगाएर नै काम गर्नु हुन्छ ।’ ती कर्मचारीले बताउछन ।

कार्यकक्षमा अर्धनाङ्गो अवस्थामा रहेर काम गर्दा महिला कर्मचारीहरुले समेत असहज महशुस गर्ने गरेका छन । गर्मी भएर सर्ट खोलेर कार्यालयको काम गरेको लेखा अधिकृत काफ्लेले बताए । ‘सानो हावा नआउने कोठा छ, फेन सेन चल्दैन त्यही भएर सर्ट खोलेर काम गरेका हुँ’ लेखा अधिकृत काफ्लेले भने ।

अधिकृत तहको कर्मचारीले कार्यालय समयमा सट खोलेर बस्नु नहुने हो तर उहाँले बस्नु भएको हो भने म प्रमुख कोष नियन्त्रक सँग बुझ्ने प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले बताए ।

सिँचाई कार्यालयको पुजीगत बजेटमा ४ करोड ८ लाख बजेट मध्ये जेठ मसान्त सम्म १ करोड २६ लाख मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरले जनाएको छ । सरकारले आईतबार देखी विहिबार सम्म कार्यालय निजामति कर्मचारीहरुलाई पोशाक वापत बार्षिक ७ हजार ५ सय दिने कोलेनिकाले चैत महिनामा निकासा दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: