चीनमा हिमताल फुटेको कारण भोटेकोशीमा बाढी आएको अनुमान

tshoropallakeझापा । चीनतिरका हिमताल फुटेका कारण मंगलबार राति भोटेकोशीमा अकस्मात बाढी आएको हुनसक्ने विशेषज्ञहरुले औंल्याएका छन् ।
हिमताल फुटेर वा डेब्रिज (गेगर, रुखबिरुवा, ढुंगा, लेदो) सहित ठूलो पहिरो आएका कारण अकस्मात बाढी आएको हुनसक्ने उनीहरुको अनुमान छ ।

अन्तर्रा्ष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका तर्फबाट त्रिविको भूगोल विभागका प्राध्यापक डा. नरेन्द्रराज खनाल, इसिमोडका हिमताल विज्ञ प्रदिपकुमार मुल र चीनको कुन्मिङस्थित युनान युनिभर्सिटीकी जिन मिङ हुले गत वर्ष गरेको अध्ययनले चीनतिरका १० हिमताल विस्फोटको जोखिममा रहेको निष्कर्ष निकालेको थियो ।

१० मध्ये ६ वटा जतिबेला पनि विष्फोट हुन सक्ने अवस्थामा रहेको उक्त अध्ययनका देखाएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: