नक्कली चिकित्सक प्रकरणः प्रमाण एकै, आदेश भिन्न

Doctorझापा । आईएस्सीको नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेको अभियोगमा पक्राउपछि ५ लाख ५८ हजार बिगो कायम भएका महेश्वर राय यादवका नाममा जिल्ला अदालत कास्कीले ७ लाख धरौटी माग्दा राख्न नसकी जेल गए ।

एकै प्रकृतिको अभियोगमा ४६ लाख २१ हजार र १३ लाख ६३ हजार रुपैयाँ बिगो कायम भएका निलिमा खड्का महत र राहिल फराज अन्सारी काठमाडौं जिल्ला अदालतको आदेशमा तारेखमा मुक्त भए ।

महतमाथि बीडीएस गरेर दन्त चिकित्सकका रुपमा वीर अस्पलात, हेल्दी डेन्टल क्लिनिक र आम्दा नेपाल अस्पतालमा काम गरेर ४६ लाख ठगी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको थियो ।

चीनवाट एमबीबीएस गरेर कान्तिपुर अस्पताल सीतापाइलमा कार्यरत अन्सारी नक्कली चिकित्सक बनेर १३ लाख ६३ हजार ठगी गरेको अनुसन्धानको निष्कर्ष थियो ।

नक्कली प्रमाणपत्र खुलेका १ सय ९ चिकित्सकमध्ये पक्राउ परेका ३७ चिकित्सकविरुद्ध ब्युरोले अनुसन्धान सकाएपछि प्रहरी अनुसन्धानलाई आधार बनाएर मुद्दा दायर गरेको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: