पत्रकारका संगठनको आपत्ति

press bbbबिर्तामोड । पत्रिकामा समाचार आएको बिषयलाई लिएर जिल्ला प्रसासन कार्यालय झापाले पत्रिकालाई स्पष्टिकरण काटेको प्रति झापाका पत्रकार जन्य तिन वटा संगठनहरुले आपत्ति जनाएका छन् ।

केहिदिन अघि बिभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यममा प्रकाशन प्रसारण भएको विज्ञप्तिलाई लिएर बिर्तामोड बाट प्रकाशन हुने पुर्वाञ्चल दैनिकलाई जिल्ला प्रसाशन कार्यालय झापाले स्पष्टिकरण सोधेको थियो ।

पत्रिकामा प्रकाशन भएको कुनै बिषयमा चित्त नबुझेमा उजुरी गर्ने निकाय प्रेस काउन्सिल , पत्रकार महासंघ वा सम्मानित अदालत हुँदा हुँदै जिल्ला प्रसाशन कार्यालयले पत्रिकार र पत्रकारलाई स्पस्टिकरण काट्नु प्रेस स्वतन्त्रता बिरोधी हर्कत भएको भन्दै आगामी दिनमा यस्तो कार्य नगर्न प्रसासनलाई सचेत गराईएको छ ।

प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईं, प्रेस सेन्टर झापाका अध्यक्ष टिकाराम उप्रेती र मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईं द्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस चौतारी नेपाललाई समेत यस्तो कार्य गर्न प्रसाशनलाई उक्साउने कार्य नगर्न सुझाव दिईएको छ ।

पत्रकारको आचार संहिता स्मरण गराउँदै पत्रकार बिरुद्धका गतिबिधिहरु तत्काल रोक्न बिज्ञप्तिमा आग्रह गरिएको छ । यसै विच प्रेस युनियन झापा शाखाका सचिव गिरिराज भट्टराईले पनि एक विज्ञप्ति जारी गर्दै युनियनका पार्षद तथा महासंघ झापाका कार्यसमिति सदस्य सुरेन्द्र भण्डारी र महासंघका सचिव एकराज गिरीप्रति लान्छना लगाउँदै प्रेस चौतारी झापाले निकालेको विज्ञप्ति प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

फरक बिचार राख्ने संगठनका सदस्यहरुलाई बैचारीक आस्थाकै आधारमा लाञ्छना लगाएर चरित्रहत्या गर्ने कार्यको भत्सना समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: