पूर्व राजा ज्ञानेन्द्रलाई शुभकामना दिन मन्त्रीहरुको लर्को

काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७० औं जन्मोत्सवमा शुभकामना दिन उपप्रधानमन्त्री कमल थापा निर्मल निवास पुगेका छन् । थापासँगै सरकारका बहालवाला अन्य मन्त्रीपनि निर्मल निवास गएका छन् ।

ज्ञानेन्द्रलाई शुभकामना दिन भूमिसुधार मन्त्री रामकुमार सुब्बापनि निर्मल निवास पुगेका छन् । राप्रपा नेपालका अन्य मन्त्रीहरुपनि शुभकामना दिन आएको निर्मल निवास श्रोतले बताएको छ ।

आफ्नो ७०औं जन्मोत्सभमा शुभकामना दिन आउनेहरुका लागि पूर्वराजा ज्ञानेन्द्रले आज बिहान ११ बजेदेखि भेट दिएका छन् ।

दिउँसो साँढे १ बज्दासम्म शुभकामना दिन आउनेहरुको लाइन निर्मल निवासमा उल्लेख्य देखिन्थ्यो । पूर्वराजालाई शुभकामना दिन तत्कालिन शाही सरकारका मन्त्री रमेशनाथ पाण्डे, भुवन पाठक, दुर्गा श्रेष्ठ लगायत निर्मल निवास पुगेका छन् ।

त्यस्तै राप्रपा नेपालका बिद्रोही नेता केशरबहादुर विष्ट पनि निर्मल निवास पुगेका छन् । निर्मल निवासुमा पोखरा, बीरगञ्ज र सर्लाहीबाट समेत ज्ञानेन्द्रका शुभेच्छुकहरु भेला भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: