यस्तो छ फिल्म ‘सुल्तान’ को कहानी

sultanझापा । अली अब्बास जफरको डाइरेक्शनमा बनेको फिल्म ‘सुल्तान’ को कथा एउटा यस्तो रेसलरको कथा हो जो आफ्नो मायाको नजरमा इज्जवत पाउनका लागि प्रोफेशनल रेसलर बनेर विश्व बदल्ने सोच राख्छ । सुल्तान अली खान (सलमान खान) हरियाणाको बरोली गाउँको एउटा पहलवान हुन् । जसको आरफा (अनुष्का शर्मा) नामकी रेसलरसँग मायाप्रिति बस्छ ।

तर, आरफाले उसलाई मात्र साथीको रुपमा हेरेकी हाुन्छन् । सुल्तान आरफासँग साथी नभई पे्रमिकाको जसरी भेट्न जान्छ उ रिसाउछे । उसलाई जिस्काउदै भन्छे ‘मान्छे उसलाई माया गर्छ जसलाई इज्जवत गर्छ ।

त्यो भनेपछि सुल्तान इज्जवत कमाउन निस्कने अठोट गर्छ । प्रोफेशनल रेसलर बनेर उ दिल्लीमा कोमनवेल्थ गेम्स २०१०, इंस्ताबुलमा २०११ विश्व कुश्ती च्याम्पियनशीप र २०१२ मा लण्डन ओलम्पिक यी सवै कम्पिटीशनलाई सुल्तानले जितेर भारतलाई जीतको शिखरमा पुर्याउछ । त्यसपछि आरफाको सुल्तानसँग बिवाह पनि हुन्छ ।

यसैबिच सुल्तानको जीवनमा यस्तो अवस्था आउछ उसले रेसलिङ छोड्छ । सुल्तान फेरि रेसलिङमा आउछ वा आउँदैन यो थाहा पाउन तपाईले हेर्न बाँकी छ । प्रोड्यूसरआदित्य चोपड़ा, म्यूजिक डायरेक्टर विशाल–शेखर जोनर रहेको सुल्तानमा कलाकार सलमान खान, अनुष्का शर्मा, रणदीप हुड्डा, अमित साध लगायत रहेका छन् ।एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्: