सन्धि पुनरावलोकनका नाममा भुटानीकरण भारतको चाहना

bharat jhandaकाठमाण्डौं । नेपाल र भारतबीच भएका सन्धिसम्झौता तथा सम्बन्धको पुनरावलोकनका लागि गठन भएको प्रबुद्ध समूहको बैठक हालै मात्र काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा नेपालका तर्फबाट सन् १९५०को सन्धि तथा अन्य असमान सन्धिसम्झौताहरूको पुनरावलोकन वा खारेजीको विषयलाई महत्व दिइए पनि भारतीय पक्षको रवैया तथा उनीहरूको अभिव्यक्तिले सम्बन्ध सुधारभन्दा पनि झन् बिग्रने अवस्थामा पुगेको छ ।

उक्त समूहको दोस्रो बैठक तीन महिनापछि भारतमा हुने र सम्झौताहरू पुनरावलोकनका लागि दुवै पक्ष सहमत भएको भनिए पनि भारतको तर्फबाट समूहका संयोजक तथा भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीको अभिव्यक्तिले भने भारत नेपालमा थप हाबी हुने खोजेको संकेत मिलेको छ । बैठकको बारेमा जानकारी दिन अस्ति मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कोसियारीले भारतले नेपाल भुटानजस्तै खुसी हुनुपर्ने विवादास्पद अभिव्यक्ति दिएका छन् ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै उनले नेपाल र भारतबीच सीमास्तम्भ नहोस् भन्ने भारतीय चाहना भएको अभिव्यक्ति समेत दिएका छन् । प्रभुत्व समूहको संयोजकका रूपमा भारतबाट नेपालमा आएका उनका दुई विवादास्पद भनाइलाई विश्लेषकहरूले गम्भीर रूपमा लिएका छन् ।आजको जनधारणा साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: