अस्पतालभित्र अनशन नबस्न डा. केसीलाई आग्रह

doctor k cझापा । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्व्डिन र प्राध्यापकहरूले प्रा.डा. गोविन्द केसीलाई आइओएम हातामा अनशन नबस्न आग्रह गरेका छन् । केसीले आइतबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

आइओएमका पूर्व्डिन प्रा.डा. अरुण सायमी, प्रा.डा. रामप्रसाद उप्रेती, प्रा.डा. ऋतुप्रसाद गड्तौला, प्रा.डा. रतिन्द्र श्रेष्ठ, प्रा.डा. शशी शर्मा र प्रा.डा. कृष्णकुमार वलीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै अनशन बसेर अस्पताल र क्याम्पसलाई बन्धक नबनाउन केसीलाई आग्रह गरेका छन् । आफूहरू चार दशकदेखि महाराजगन्ज मेडिकल क्याम्पसमा क्रियाशील रहेको, मन, बचन र कर्मले क्याम्पसमा समाहित भएको भन्दै उनीहरुले संस्थालाई कसैले बन्धक बनाउन नपाउने उल्लेख गरेका छन् ।

डा.केसीले पटक–पटक आइओएम हातामा अनशन बसी अस्पताल र क्याम्पसलाई बन्धक बनाएको उनीहरुको आरोप छ । ‘संस्थाको हितको आडका शब्दमा फेरि पनि संस्थालाई बन्धक बनाउने प्रपन्च भइरहेको सुनिन आएको छ,’ वक्तव्यमा भनिएको छ, ‘अनशनबाट केसी र अरूले कति लाभ लिनुभयो, त्यो जानकारी छैन, तर पटक–पटकको अनशनले शिक्षण अस्पताल र मेडिकल कलेज जीर्ण पार्ने काम भएको सत्य हो ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: