उपत्यकामा तीन बर्षभित्रै केबलकार !

cabalcarझापा । सरकारसँग इच्छाशक्ति भए तीन वर्ष्भित्र उपत्यकाका यात्रु केबलकारमा हुइँकिनेछन् । सडकको ट्राफिक जाअ घट्नेछ । यात्रा सहज हुनेछ । फ्रान्सेली कन्सन्टेन्ट कम्पनी एमडिपी र स्यास्त्राले गरेको अध्ययनमा उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने देखिएको हो । फ्रान्सेली सरकारको सहयोगमा भएको समभाव्यता अध्ययन एक वर्ष लगाएर गरिएको थियो ।

एमडिपी र स्यास्त्राले अध्ययन रिपोर्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाइसकेका छन् । मन्त्रालयका सहसचिव उमेश झाले यसको पुष्टि गरेको ।
‘उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने नसकिनेबो सम्भाव्यता अध्ययन भई रिपोर्ट पेस भइसकेको छ, ‘ सहसचिव झाले भने, ‘फ्रान्स सरकारको सहयोगमा भएको अध्ययनबाट आएको रिपोर्टबारे मन्त्रालयले अध्ययन गर्दैछ ।’ उपत्यकामा केबलकार सञ्चालन गर्न सकने रिपोर्टमा उल्लेख रहेको जानकारी दिँर्दै उनले लगानी जुटाउन सके चाँडै केबलकार सम्भव रहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: