चिनियाँ राष्ट्रपति जिनपिङलाई बोलाउन पहल

xi-jinpingझापा । तीन प्रमुख राजनीतिक दलसँग चिनियाँ कूटनीतिज्ञ र सुरक्षा निकायले गरेको कुराकानी मेल खाएपछि केही समयपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक हुनेछ ।

चिनियाँ राष्ट्रपतिको विदेश भ्रमणको औपचारिक सूचीमा नेपाललाई अझै राखिसकिएको छैन । यद्यपी आफ्ना कुनै उच्च नेतृत्वले यसै वर्ष नेपाल भ्रमण गर्ने चीनले बताइसकेको छ ।

प्रधानमन्त्र केपी शर्मा ओलीको चीन भ्रमणमा भएको सम्झौता र समझदारीलाई कार्यान्वयन तहमा लैजान गर्नुपर्ने तयारीबारे छलफल गर्न बेइजिङ पुगेका परराष्ट्र सचिव शंकरदास बैरागी पनि त्यहाँको कूटनीतिक निकायबाट त्यस्तै सन्देश लिएर फर्केका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: