भोटेकोशीमा बाढीसम्बन्धी पूर्वसूचना दिने राडार सेन्सर जडान गरिँदै

radar-sensorकाठमाण्डौं । प्राकृतिक प्रकोपबाट मानवीय क्षति तथा अर्बौंको भौतिक सम्पत्ति गुमेपछि मात्रै बाढीसम्बन्धी पूर्वसूचनालाई व्यवस्थित गर्न सरकारी टोली सक्रिय देखिएको छ ।

भोटेकोसीमा बाढी आइसकेपछि मात्रै सरकारले बाढीसम्बन्धी पूर्वसूचना दिने ‘राडार सेन्सर’ प्रविधि जडान गर्ने तयारी गरेको छ ।

सेन्सर जडानको अध्ययनका लागि विभागको एक टोली बिहीबार भोटेकोसी क्षेत्रमा प्रस्थान गरेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: