मासुपसल तुरुन्त बन्द गर्न मन्त्रीको निर्देशन

meetकाठमाण्डौं । राजधानीमा विक्रि हुने मासु पसलमा किरैकिरा हुने गरेको फेला परेको छ । १५ वर्षदेखि सतुङ्गलमा सञ्चालन हुँदै आएको एक मासु पसलमा त्यस्तो फेला परेको हो । मोज मिट सेन्टर नामक उक्त मासु पसलमा मासु बेच्नका लागि आवश्यक सामान्य मापदण्डसमेत पुरा नगरेको फेला परेको छ ।

आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा गएको विशेष अनुगमन गर्ने क्रममा यस्तो फेला परेको हो । पसलमा ढक तराजुसमेत नापतौल विभागमा दर्ता नगरेको पाइएको छ । बधशाला अत्यन्तै फोहर रहेको र मासुमा स्याउँस्याउँती किरा परेको अनुगमनमा भेटिएको छ ।

आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: