मिस मेची प्रतियोगिताको फाइनल असार २५ गते

Miss-Mechiबिर्तामोड । मिस मेची प्रतियोगिताको फाइनल स्पर्धा असार २५ गते हुने भएको छ । आयोजकले बिर्तामोडमा पत्रकार सम्मेलन गरि फाइनल स्पर्धाको तयारी पुरा भएको जनाएको छ ।

प्रतियोगिताको फाइनलका लागि मेची अञ्चलका ३१ जना किशोरी छनौट भएको आयोजक ड्रिम्स वल्डका अध्यक्ष निशा खड्काले बताइन् । उनले एक महिनादेखि बन्द प्रशिक्षणमा रहेका किशोरी चारपानेमा रहेको टाइम स्क्वाएर पार्टी प्यालेसमा आयोजित भब्य कार्यक्रममा क्याटवाक गर्ने बताइन् ।

प्रतियोगिताको निर्णायक भूमिकामा लोकप्रिय अभिनेत्री नम्रता श्रेष्ठ र राधाकृष्ण धिताल रहने आयोजक टीमले जानकारी दिएको छ । प्रतियोगितामा बिजेताले नगद ५० हजार, बिबिए अध्ययनका लागि छात्रबृती, फेसन डिजाइनिङमा छात्रबृती पाउने छन् ।
यसैगरी फष्ट रनर अपले २० हजार नगद, बिबिएमा आंशिक छात्रबृती, सेकेण्ड रनर अपले १५ हजार नगद लगायतका पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: