कांग्रेस फकाउँदै ओली, तीनपटक गोप्य भेटवार्ता

kp-oli-sher-bahadur-deubaझापा । सरकारको प्रमुख साझेदार माओवादी केन्द्रले विगतमा भएको भद्र सहमतिअनुसार नेतृत्व आफूलाई दिन दबाब दिएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई फकाउन थालेका छन् ।

यसअघि संविधान जारी भएपछि एमालेलाई नेतृत्व दिने सहमति भएको भन्ने विषयमा कांग्रेस र एमालेबीच मतभेद बढेपछि दुई दलको सम्बन्ध बिग्रिएको थियो । स्रोतका अनुसार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग एक महिनायता तीनपटक गोप्य भेटवार्ता गरेका छन् ।

उक्त भेटमा ‘कांग्रेसमा नेतृत्व परिवर्तन भएर परिस्थिति फरक भइसकेकाले’ फेरि दुई दलबीच सहकार्य गरेर संविधिान कार्यान्वयन गरौं भन्ने प्रस्ताव ओलीले राख्दै आएका छन् । देउवाले त्यसको जवाफ भने दिएका छैनन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: