दमकमा मिस प्रिन्सेस नेपाल हुने

ashim gदमक । मोडलिङ र ग्ल्यामरको क्षेत्रमा आफ्नो केरियर बनाउन चाहने किशोरीहरुको क्षमता विकास र अभिबृद्धिका लागि लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गराउने र पूर्व क्षेत्रमा मोडलिङलाई पनि व्यवस्थित र स्थापित गराउने उद्देश्यले दमकमा मिस प्रिन्सेस नेपाल (सर्च फर कल्चर एण्ड हिडन ट्यालेन्ट शो) आयोजना हुने भएको छ ।

ग्ल्यामरस नेपालको आयोजना तथा दमकका स्थानीय संघसंस्थाहरुको सहयोगमा साउन १९ गतेसम्म फारम भरी २० गते अडिसन हुने सो कार्यक्रममा २६ वर्ष मुनीका नेपालभरीका किशोरीहरुले सहभागिता जनाउने छन् । पहिलो चरणमा छनौट भएका किशोरीहरुलाई बन्द प्रशिक्षणमा सहभागी गराइने शनिबार दकममा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

प्रतियोगितामा कोरियोग्राफर लक्ष्मण ज्वेयल श्रेष्ठले व्यक्तित्व विकास, सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, सामाजिक उत्तरदायित्व, जीवनशैली, कला संस्कृति, बोलीचाली, क्याट वक आदिका बारेमा प्रशिक्षण दिनुहुनेछ । साथमा विभिन्न दक्ष अनुभवी व्यक्ति व्यक्तित्वहरुलाई समावेश गरी कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

बन्दशत्रबाट छनौट हुने उत्कृष्ट विजेताले वर्ष २०१६ को ताज सहित क्राउन प्रमाणपत्रलगायत १ लाख बराबरको विभिन्न आकर्षक पुरस्कारहरु सहित वर्षको सेलिब्रेटी घोषणा गर्नुका साथै विभिन्न विज्ञापन, चलचित्र, टेलिश्रृयलमा खेल्ने अवसर प्रदान गरिनेछ । प्रथम, द्वितीय र तेस्रो रनर अप सहित विभिन्न विधाका सहायक उपाधिहरु घोषित गरिने मेनेजिङ डाइरेक्टर आशिम ज्वयल श्रेष्ठले बताए । सो कार्यक्रमको मुख्य प्रयोजकको रुपमा डिभाइन हव एजुकेशन कन्सल्टेन्सी दमक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: