बृद्धबृद्धालाई खाद्यन्न र फलफूल

chalak sanghबिर्तामोड । एम्बुलेन्स चालक संघ झापाले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा शनिबार परोपकार वृद्धाश्रम बिर्तामोडका बृद्धबृद्धालाई सम्मान गर्दै खाद्यन्न र फलफूल वितरण गरेको छ ।

विगत ७ वर्षदेखि सञ्चालनमा आएको चालक संघले झापाका गरिव तथा असहायहरुलाई एम्बुलेन्समा छुट दिँदै आएको छ । सामाजिक कार्यका लागि यसै वर्ष शव वाहन गरिद गरिएको एम्बुलेन्स चालक संघले जनाएको छ । गरिव तथा विपत्तिमा परेकाहरुका लागि शव वाहन निःशुल्क उपलब्ध गराइनेसमेत जानकारी दिइएको छ ।

हरेक वर्ष सामाजिक कार्य गर्दै आएको चालक संघले यो वर्षदेखि बृद्धहरुका लागि एम्बुलेन्समा ५० प्रतिशत छुट दिने जनाइएको छ । संघमा हाल १०८ जना आवद्ध रहेको छन् । शनिबार २० जना बृद्धबृद्धालाई खाद्यन्न तथा फलफूल वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्: