विदेशमा आक्रमणका घटना भएपछि नेपालका सुरक्षा संगठन झस्किए

झापा । बिहीबार नेपाली जामे र कश्मीरी मस्जिद अगाडि सडकमा सवारी निषेध थियो । दरबारमार्ग संस्कृत छात्रावासदेखि रत्नपार्कसम्मको क्षेत्रमा बर्दिधारी प्रहरीको बाक्लो उपस्थिति थियो ।

छात्राबास, त्रिचन्द्र क्याम्पस, कमलादी मोड, रत्नपार्कका चार कुनामा सादा पोसाकमा उत्तिकै सुरक्षाकर्मी खटिएका थिए । मस्जिद वरिपरी स्थानीय प्रहरीसँगै आतंकबाद हेर्ने नेपाल प्रहरीको विशेष ब्युरोसँगै सशस्त्र र राष्ट्रिय अनुसन्धान विमागका जनशक्ति खटिएका थिए ।

विशेष कार्यदलमा एक टोली बोलावट आएसँगै तत्काल खटिनसक्ने गरी तयारी अवस्थामा थियो । यो सतर्कताको उद्देश्य इद उल फित्रमा प्रार्थनाका लागि मस्जिद आउने सर्वसाधारणको आवातजावत सहज बनाउने त थियो नै, अन्तर्रा्ष्ट्रिय आतंकबादी आक्रमणको बढ्दो त्रासलाई लिएर सतर्कता पनि थियो । चारै कुनामा प्रहरीसँगै ब्इुरो र विभागका कर्मचारी खटिएका थिए ।

युरोप, अमेरिका लगायत क्षेत्रलाई हायलकायल पारे पनि नेपालमा आतंकबादी संगठहरु आईएस र अलकायदाको प्रत्यक्ष प्रभाव देखिएको छैन । तर, इदको समयमा साउदी अरबको मदिनामा रहेको मस्जिददेखि इराक र बंगलादेशका मस्जिद लक्षित आक्रमणका घटना भएपछि नेपालका सुरक्षा संगठन झस्किए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: