सामुदायिक प्रहरी सेवा केन्द्रले गर्यो बृक्षारोपण

parasबिर्तामोड । बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताबजारको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिवार इलाका स्वास्थ्य चौकी अनारमनीमा आयोजीत बृक्षारोपणमा बोल्दै बिर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङले बिरुवा रोप्नु मात्र ठुलो कुरा होइन त्यसलाई हुर्काउनु चै मुख्य बिषय बन्ने बताएका छन् ।

प्रमुख अतिथि गुरुङले सामाजिक सेवामा सबैलाई अग्रसर रहन समेत आग्रह गरेका थिए । बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष स ुर्य कन्दङवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका जिल्ला सदस्य लक्षमण खड्का, नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि कपिलमुनी शिवाकोटी, वडा नागरिक मञ्चकी राधा खड्का, स्याम गुरुङ, इलाका स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मण शाह, थारु कल्याणकारी समितिका झापा सचिव हरी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

श्वास्थ्य चौकी परिसरमा टिक, सिरिस, मसला, कदम लगायतका एक सय पचास किरुवा रोपिएको बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव पारस तिम्सिनाले बताए । सामुदायिक प्रहरी सेवा केन्द्रकी कोषाध्यक्ष जानुका थापामगरले स्वागत गरेको कार्यक्रमको संचालन सस्थाका महांसचिव केशवराज पाठकलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: