हेल्लो सरकारलाई प्रश्न– ‘बाबा तपाईं कहिले आउनुहुन्छ ?’

HelloSarkarझापा । प्रधानमन्त्री कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन एकाइ अर्थात हेल्लो सरकारमा वास्तविक उजुरी र गुनासो भन्दा धेरै ‘ब्लफकल’ आउने गरेको छ । हेल्लो सरकारले सुरु गरेको टोल फ्री नम्बर अर्थात पैसा नलाग्ने फोनमा आउने ‘ब्लफकल’ले कर्मचारीहरु भने हैरान भएका छन् ।

एकाइका उपसचिव प्रधुम्न उपाध्यायले भने, ‘निजी गन्थन र पारिवारिक कुरा सुनाउन पनि कतिले फोन गर्छन् । जसले हाम्रा कर्मचारीको समय बर्बाद भएको छ ।’ उनका अनुसार धेरैजसो फोन बच्चाको आउने गरेको छ ।

कर्मचारीले रिसिभ गर्दा उनीहरुले सोध्छन्, ‘बाबा तपाई कहिले आउनुहुन्छ ?’ उपसचिव उपाध्यायको अनुमानमा बच्चाहरुले बाबुसँग गफ गर्न खोजेका तिनका आमाहरुले हेल्लो सरकारमा फोन लगाएर बच्चालाई दिन्छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: