केसी अस्पताल परिसरभित्रै अनशन बस्ने

doctor k cझापा । डा. गोविन्द केसी अन्ततः शिक्षण अस्पताल परिसरभित्र अनशन बस्ने भएका छन् । आइतबार बिहान १० बजे पत्रकार सम्मेलन गरेर दिउँसोदेखि अनशन सुरु गर्ने उनको तयारी छ ।

अस्पताल प्रशासनले शनिबार साँझ डा. केसीलाई अनशन बस्ने निर्णयमा पुनर्विचार गर्न, बस्ने नै भए पनि अस्पताल हाताभित्र नबस्न पत्र दिएको छ । केसीले पत्र बुझे पनि जवाफ फर्काएका छैनन् । ‘डा. केसीले अस्पतालभित्र अनशन बसे आफूहरूले पनि अनशन बस्न ठाउँ पाउनुपर्ने मनमोहन अस्पतालका डाक्टरहरूको माग छ, अस्पताल हाताभित्र कसैलाई अनशन बस्न ठाउँ दिन सकिन्न, अनशन बस्ने नै भए पनि अस्पतालभित्र नबस्नुस् भनेर केसीलाई पत्र दिएका छौँ,’ शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले भने ।

मनमोहनका ३३ चिकित्सकले विज्ञप्ति जारी गर्दै डा. केसीले शिक्षण अस्पतालभित्र अनशन बस्न नपाउने बताएका थिए । केसी अनशन बसे त्यसविरुद्ध आफूहरू पनि अनशन बस्ने भन्दै उनीहरूले ठाउँ उपलब्ध गराउन अस्पतालसँग माग गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: