‘तीनवटै निर्वाचनमा पहिलो बनेर देखाउँछौं’ : डा.भट्टराई

Niwachan-baburamकाठमाण्डौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल आइतबार निर्वाचन आयोगमा दर्ता भएको छ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई नेतृत्वमा निर्वाचन आयोगको कार्यालय कान्तिपथमा पार्टी दर्ता गरिएको हो ।

पार्टी दर्तापछि नयाँ शक्ति नेपालका संयोजक भट्टराईले सञ्चारकर्मीहरुलाई नयाँ शक्ति नेपालले मुलुकमा हुन लागिरहेको तीनवटै निर्वाचनमा पहिलो स्थान हासिल गरेर देशको नेतृत्व गर्ने बताए । ‘सत्तामा पुगेर राज्यको नेतृत्व गर्ने हाम्रो अभिष्ट छ, आगामी डेढ वर्ष्भित्र स्थानीय निर्वाचन, प्रदेशको निर्वाचन र केन्द्रीय निर्वाचन हुन्छ,’ उनले भने, ती तीनवटै निर्वाचनमा हामीले प्रथम स्थान हासिल गरेर देशको नेतृत्व गर्ने हाम्रो लक्ष्य छ ।’

भट्टराईले नयाँ शक्ति नेपालमा रहेका पुराना सबै पार्टीहरु भन्दा फरक विशेषता भएको पार्टी भएको बताए । उनले भने, ‘यो पार्टीको अहिलेसम्म भएका सबै पार्टीहरुभन्दा केही भिन्न विशेषताहरु छन् ।’

‘पहिलो विशेषता, हामी लोकतन्त्रलाई सबैभन्दा उन्नत बनाउन चाहन्छौं । यस्तो लोकतन्त्र जहाँ हाम्रा सबै पदाधिकारीहरु प्रत्यक्ष निर्वा्चित हुन्छन्,’ भट्टराईले भने, देशभरीका साधारण सदस्यहरुले पदाधिकारी र केन्द्रीय समिति निर्वा्चित गर्दछन् । यो नेपालमा पहिलो प्रयोग हामी गर्न गइरहेका छौं । ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्: