देउवालाई दबाब दिन खुमबहादुरको भेला

deuba-and-khumbahadurझापा । कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले आफूलाई उपसभापति मनोनीत गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । तीनपटक भेटेर दबाब दिए पनि देउवाले टारेको भन्दै खड्काले शनिबार आफूपक्षीय नेता–कार्यकर्ताको भेला गरेका छन् ।

‘सभापति शेरबहादुर देउवाले महाधिवेशनअघि खड्काजीलाई उपसभापति दिने प्रतिबद्धता गर्नुभएको हो । तर, अहिले भ्रातृ संस्थाको अधिवेशनपछि मात्र पदाधिकारी चयन गर्ने भनेर ढिलाइ हुँदै आएको छ,’ भेलामा सहभागी नेता देवेन्द्रराज कँडेलले भने, ‘पदाधिकारी चयन किन ढिलाइ भइरहेको छ । केन्द्रीय सदस्य पनि हाम्रो पक्षलाई दिने भन्ने थियो तर दिइएन । यिनै विषयसहित भातृ संस्थाको अधिवेशन र हिन्दु धर्मबारे छलफल गर्न भेला डाकेका हौ ।’

भेलाले आफ्नो पक्षलाई समेत मिलाएर लैजान देउवा तयार हुनुपर्ने निष्कर्ष निकालेको छ । लगनखेलस्थित करातेको कार्यालयमा दिउँसो ३ बजेदेखि दुई घन्टा चलेको भेलामा खुमबहादुर खड्कासहित शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लसहित दुई सय महाधिवेशन प्रतिनिधि सहभागी थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: