मन्त्री अनुगमनमा गएपछि औषधी पसलेको भागाभाग

medical pasalकाठमाण्डौं । अनुगमनको क्रममा आपूर्ति मन्त्री सहितको सरकारी टोली आइतबार राजधानीको क्षेत्रपाटी पुगेको छ । आपूर्ति मन्त्रालय , आपूर्ति विभाग , वाणिज्य विभाग , औषधि व्यावस्था विभागले क्षेत्रपाटीका औषधि पसलहरुमा संयुक्त रुपमा अनुगमन थालेपछि औषधि पसलेहरु आतंकित बनेका छन् ।

कतिपय औषधि पसलेहरु सटर बन्द गरि भागेको अनुगमनमा सहभागी टोलीका एक सदस्यले बताए । स्थलगत अनुगमनका क्रममा असहयोग गरेको भन्दै सरकारी अनुगमन टोलीले क्षेत्रपाटीका दुई औषधि पसल शिलबन्दी गरेको छ ।

व्यवस्थापिका–संसद्, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा सहयोग गर्नाको साटो उल्टै पसल नै बन्द गरेर हिँडेपछि विभागले बजगाईं मेडिसिन सप्लायर्स र इखापुखु मेडिसिन डिस्टिब्युटरलाई २४ घन्टाभित्र स्पष्टीकरण सहित विभागमा उपस्थित हुन निर्देशन दिएकोे विभागका अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी दिए ।

विभागले सो अवधिमा चित्तबुझ्दो कारण सहित स्पष्टीकरण नदिए कानुनअनुसार कारबाही गरिने व्यहोराका पत्रसहित सूचना टाँस गरेको अधिकारीले जानकारी दिए । क्षेत्रपाटीस्थित अधिकांश औषधि पसल नवीकरण नगरिएको, आवश्यक सरसफाइमा नगरिएको र म्याद गुज्रेका औषधि बिक्री–वितरण गरेको पाइएको छ । उक्त क्षेत्रमा अनुगमनका क्रममा केहीबेर हल्लाखल्ला हुँदा व्यापारीले व्यवस्थित र भद्र अनुगमन गर्नुपर्ने माग समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: