‘हाम्रो निर्णय सरकार फेर्नका लागि होइन’ : प्रचण्ड

prachanda3काठमाण्डौं । नेकपा माओवादी केन्द्रका सअध्यक्ष पुष्पकमल दाहलले राष्ट्रिय सहमतिको सरकार गठनको निर्णय वर्तमान सत्तासमीकरण भत्काउन र सरकार परिपवर्तन गर्नको लागि प्रष्ट पारेका छन् ।

माओवादी केन्द्रकै नेताहरु सरकार ढाल्ने खेलमा सहभागी भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान भएको भेटवार्तामा अध्यक्ष दाहालले सो प्रस्टीकरण दिएका हुन् ।

माओवादी केन्द्रको निर्णय दोहोरो अर्थ लाग्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले स्स्ट पर्न सुझाएपछि दाहालले सो भनाइ राखेको लाजिम्पाट स्रोतले बताएको छ । शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका दाहालले आफ्नो पार्टीको निर्णयलाई लिएर प्रधानमन्त्री ओलीले थप परामर्श गालेको जानकारी पाएपछि शनिबार बिहानै प्स्ट पार्न बालुटार पुगेका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: