निगमका कर्मचारीलाई मासिक १ लाख बोनस

nepali_rupeesकाठमाण्डौं । नेपाल आयल निगमका कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन् । ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसमा ठूलो रकम पाउने देखिएको छ ।

यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो । निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ लाख १० हजार, मट्टितेल १५ सय र हवाईइन्ध १० हजार किलोलिटर खपत हुन्छ ।

यस्तै खाना पकाउने एलपी ग्यास २७ हजार टन बिक्री हुने गरेको छ । पेट्रोलमा प्रतिलिटर ६.६१ रुपैयाँ नाफा छ भने डिजेलमा ०.६७, मट्टीतेलमा १६.७२, हवाईइन्धनमा १६.६४ र अन्तर्रा्ष्ट्रियमा हवाईइन्धनमा २२.७७ रुपैया नाफा छ । यस्तै ग्यासका प्रतिसिलिन्डर ४५.०७ रुपैयाँ नाफा रहेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: