नेपालबाट दिल्ली जाँदै गरेको बस दुर्घटना हुँदा ५ यात्रुको मृत्यु

Accidentकाठमाण्डौं । काठमाण्डौंबाट भारतको नयाँ दिल्लीतर्फ जाँदै गरेको यात्रु बस उत्तरप्रदेशको बहराइच जिल्लामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० यात्रु घाइते भएका छन् ।
गएराति ट्रकसँग ठोक्किएर बस दुर्घटना भएको भारतीय समाचार एजेन्सीले जनाएको छ । दुर्घटनास्थल बाँकेको नेपालगञ्जबाट ६० किलोमिटर टाढा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्: