नौ महिना लामो सत्ता गठबन्धन आजै अन्त्य हुने सम्भावना

prachanda3झापा । देशका दुई प्रमुख वामपन्थी दलको नौ महिना लामो सत्ता गठबन्धन आज अन्त्य हुने सम्भावना छ । बजेटपछि सत्ता हस्तान्तरण गर्ने भद्र सहमति ओलीले कार्यान्वयन नगरे मंगलबार आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी माओवादी केन्द्रले गरेको छ ।

पार्टीको म्यान्डेटअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् । संविधानको कार्यान्वयन, पुनर्निर्माणलगायतका काम एमाले नेतृत्वको गठबन्धनबाट सम्भव नदेखिएको भन्दै प्रचण्डले ओलीसँग बाटो खोलिदिन आग्रह गरेका हुन् । सत्तासाझेदार माओवादीले पहिलोपटक प्रस्ताव गरेको हो ।

बिहान १२ बजेसम्म पार्टी हेडक्वार्टरको बैठकमा सरकारकै एजेन्डामा केन्द्रित रहेर छलफल गरेका प्रचण्डले त्यसपछि कांग्रेस र एमाले शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रचण्ड कांग्रेस सभापति देउवासँग छलफल गर्न दिउँसो ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए । झन्डै आधा घन्टा देउवासँग छलफल गरेपछि साँझ ५ बजे प्रधानमन्त्री ओलीसँग भेट गर्न प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । बालुवाटारमा उनले प्रधानमन्त्रीसँग झन्डै साढे २ घन्टा छलफल गरेका थिए । आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्: