भारतबाट ३०० मेगावाट बिजुली थपिँदै

bijuliझापा । कारले आगामी हिउँदमा तात्विक रुपमा लोडसेडिङ घटाउन भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने भएको छ ।त्यतिबेला भारतबाट आयात हुने बिजुली ६ सय मेगावाट पुग्ने र मुलुकको आन्तरिक उत्पादनसमेत बढ्ने भएकाले आगामी हिउँदामा लोडसेडिङ ८ घण्टामा सीमित हुने जानकारी विद्युत प्राधिकरणका एक अधिकारीले दिए ।

अघिल्लो हिउँदमा लोडसेडिङ १६ घन्टामा पुगेको थियो । दुई देशबीचको समझदारीमा नेपाल–भारत ढल्केबर–मजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन र दुई विद्युत नाकाबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने गृहकार्य भइरहेको जानकारी ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले दिए ।

विद्युत प्राधिकरणका २ र विदेशी तथा स्वदेशी निजी लगानीका ६ निर्माणाधीन आयोजना सम्पन्न भई आगामी हिउँदसम्ममा मुलुकमा १ सय ५० मेगावाट थप विजुली उत्पादन हुने भएको छ ।
घिमिरेका अनुसार आगामी हिउँदमा मुलुकमा विद्युतको माग १ हजार ४ सय ५० मेगावाट बिजुली आपूर्ति हुनेछ । आजको कान्तिपुर दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्: