सुख्खा बन्दरगाहको ठेकेदार सम्पर्कविहीन

bandargahaकाठमाण्डौं । काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहको जग्गा खाली गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्क्विहीन भएको छ ।

हिमाल सिमेन्टको जग्गामा रहेका ठूला मेसिनरी तथा अन्य सामान हटाउने जिम्मेवारी लिएको निर्माण कम्पनी सुशम आदित्य विजय निर्माण प्रालि ५ महिनादेखि बेपत्ता हुँदा काम सुरु हुन सकेको छैन ।

नेपाल इन्टरमोडल यातायात विकास बोर्ड प्रमुख लक्षण बस्नेतलते ५ महिनादेखि पटकपटक पत्राचार गरे पनि यसका सञ्चालक सुमन्त कोइराला सम्पर्कमा नआएको बताए । सञ्चालक कोइरालाको त्रियुगा नगरपालिका १ गाईघाटमा पटकपटक पत्र पठाइए पनि उनी सम्पर्कमा नआएको बस्नेतले बताए ।

बस्नेतका अनुसार एनआईडीसीले हिमाल सिमेन्टमा रहेका मेसिनरी सामानलगातका भवनहरु ६ महिनाभित्र हटाउन २०७१ असोजमा सुशमसँग सम्झौता गरेको थियो । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: