यस्तो छ झापा क्षेत्र नं. १ का तीनैजना वामगठवन्धनका उम्मेद्वारको एजेण्डा :

r sबामपन्थी, प्रगतिशील राष्ट्रवादी गठबन्धनका क्षेत्र न.१ का प्रतिनिधि सभाका उम्मेद्वार राम कार्की तथा प्रदेश १ का उम्मेद्वार श्रीप्रसाद मैनाली र २ का गोपालचन्द्र बुढाथोकी ।

राम कार्की
राजनीतिक यात्रा
अब मेरो राजनीतिक यात्रा २०२८ सालमा जब म म्यट्रिकको परीक्षा दिएपछि शुरु भएको हो । त्यतिखेर म एउटा प्रतिभाशाली विद्यार्थीको रुपमा गनिन्थे । जिल्लामा भएको साहित्यिक प्रतियोगितामा मैलै प्रथम पुरस्कार पाएँ । त्यसपछि स्वभाविक रुपमा राजनैतिक व्यक्तित्वहरुको नजर म माथि पर्यो । शुरुमा म बीपी कोइरालाबाट प्रभावित थिएँ । २०३२ सालमा मेलमिलापको कार्यक्रम आएपछि म चाँहि उहाँहरुबाट असन्तुष्ट भई रामराजा प्रसाद सिंहले गणतन्त्रको वकालत गरिरहनु भएको थियो । चेकुभारालाई आफ्नो आदर्श मान्नु हुन्थ्यो । म पनि त्यो अवस्थामा चेकुभाराको फाटफुट रुपमा अध्ययन गरी सकेको थिएँ । म त्यसबाट निक्कै प्रभावित भएको थिएँ । यसरीमा मेरो राजनीतिक यात्रा शुरु भयो । तत्कालीन अवस्थामा माक्र्सवाद र लेनिनवादको सिद्धान्तलाई मैले अवल्याएँ । आर्थिक रुपमा हुने भनेर गनिएको परिवारमै जन्मिएको हुँ । मेरो हजुरबुवा लेफटान हुनुहुन्थ्यो । तर म ७ वर्षको हुँदा मेरो बुवा खस्नुभयो । त्यसकारण सम्पत्तिको खासै सदुपयोग हुन सकेन । बाल्यकाल कठिनाई मै बित्यो । तर राजनीतिक यात्रा मेरो निरन्तर नै रह्यो । म एक्लो महसुस कहिलै गरिन । राम्रो पढेलेखेको महिलासँग मेरो विवाह भयो । मेरो घरको व्यवहार उनले सम्हालिन । आर्थिक रुपमा नि सबल भएका कारण कसैसँग झुक्नुपर्ने अवस्थाको सिर्जना भएन ।
तपाईको एजेन्डा ?
कम्युनिष्टहरुको एजेन्डा मेरो एजेन्डा हो । कम्युनिष्ट पार्टीहरुको एजेन्डाहरु स्थापित गर्न मैले योगदान दिएको छ । अहिले संविधानमा जुन समाजवाद उल्लेख गरिएको छ । त्यो समाजवाद परिभाषित भएको छ । कस्तो समाजवाद भन्ने उल्लेख गरिएको छैन । संसारमा विभिन्न ढाँचाका समाजवादहरु छन् । त्यसमा वीपी कोइरालाहरुले भन्ने गरेको प्रजातान्त्रिक समाजवाद । अर्काेतर्फ लेनिन र माओहरुले विकसित गरेको समाजवाद । मेरो रायमा नेपालका निम्ति विश्वमा भएका समाजवादहरुको प्रयोग गरी त्यसलाई नयाँ रुपमा हामीले नेपालमा प्रयोग गर्न खोजिरहेका छौँ । बेलायतको आन्दोलन के भयो ? अमेरिकामा समाजवादी आन्दोलन के भो ? युरोप वा अरु देशहरुमा समाजवादी आन्दोलन के भो ? त्यो हेरिँदैन । जसरी स्ववीयु संघ ढल्यो । त्यसरी नै वेलायतका लेबरर पार्टीका नेताहरुले पनि जीवनको अन्तिममा लेखेका छन् की श्रमिकहरुका लागि गर्न चाहन्थ्यौँ । त्यो हुन सकेन । चुनावबाट नयाँ प्रयोग गर्छाै कामदारका लागि पनि सजिलो व्यवस्था ल्याउँछौ भन्ने सोचका साथ त्यसमा हामी असफल भयौँ भन्ने कुरा उनीहरुको जीवनी पढेर सुनेको छु । त्यसो हुनाले नेपालका निम्ति समाजवाद नै मौलिक चरित्र बोकेको नेपालको विशेषता सुहाउँदो र इतिहासमा समाजवादका प्रयोगहरु भए त्यसका सफलता र असफलताको शिक्षाबाट नेपालमा समाजवाद लागु गर्नुपर्छ भन्नेमा लागेका छौँ । समाजवाद कस्तो हुन्छ, के हुन्छ ? भन्ने रणनीति बनाउनका निम्ति स्वाभाविक रुपमा म योगदान दिन चाहन्छु ।
मतदाताले तपाईलाई किन रोज्ने ?
मलाई यसकारण भोट दिने कि २०÷३० वर्ष नेपाललाई राजनीतिक एजेन्डाबाट अगाडि बढाउने र नेपाललाई आत्मनिर्भर बनाउने स्वतन्त्र स्वभिमानी, आत्मनिर्भर, सम्पन्न र समृद्ध तथा विविधतायुक्त भएको नेपाल बनाउनु पर्नेछ । यी एजेन्डा हामीसँग भएकाले र यी एजेन्डाका आधार र म आफू पनि समाजवादका निम्ति लडिरहेको व्यक्ति भएको हुनाले त्यसले पनि मलाई भोट दिनुपर्छ भन्ने नै हो ।
जित्ने आधार के छ ?
जित्ने आधार त एउटा वामपन्थी मत नै हो । अर्काे कुरो मेरो राजनीतिक जीवनले पनि त्यसलाई मद्दत गर्छ । किनभने मेरो जीवनमा म मन्त्री पनि भए । सांसद पनि भएँ । तर पनि मैले आफ्नो जुन कम्युनिष्ट आचरण हो त्यसलाई मैले पालना गरिरहेँ । यी कारणले गर्दा मलाई लाग्छ जनताले मलाई रोज्नु हुन्छ ।
चुनाव जितेपछि तपाईका योजना के–के छन् ?
एउटा त समग्र नेपालकै विकास गर्नु छ । त्यसमा पनि मेरोे योगदान रहनेछ । हामी नेपालमा कस्तो खाले शिक्षा नीति लागु गर्ने, कस्तो प्रकारको भूमि व्यवस्थापन गर्ने, नेपालले विकासको कस्तो रणनीति अपनाउने । एउटा दीर्घकालीन विकास रणनीति जुन अर्थ राजनीतिसँग सम्बन्धित हुन्छ । त्यसमा म योगदान गर्छु । त्यसैले समग्र नेपालको विकासका नीति बनाउँछौँ । मजदुर किसान श्रमिक वर्गलाई ध्यान दिएर नीति बनाउँछौँ । त्यसैले नीति बनाउँदा श्रमिकहरुको ज्यालामा अभिवृद्धि गराउँछौँ । अब बन्द भएका उद्योगहरुलाई खोल्ने, नेपालमा बाटो बनाउँदा खेरी त्यसले उत्पादनलाई जोडोस् र नेपालकै अर्काे ठाउँलाई लिंक गरोस् । यो पनि सोच राख्ने रहेको छ । अर्काे कुरा हामीले पाँच÷सात वटा बाटो उत्तर तिर पनि बनाउन जरुरी छ । जसले गर्दा हाम्रो छिमेकी चिनले रेलमार्ग बनाएको छ । त्यहाँसम्म हाम्रो पहुँच हुन सकोस् । झापाकै निम्ति भन्नु हुन्छ भने म पूर्वाञ्चलमा यहाँको प्रदेश नम्बर १ को इञ्चार्ज, त्यो भन्दा पहिले मेचीको इञ्चार्ज भएर बसेको छ । त्यसले गर्दा मलाई झापाका विशेषताहरु थाहा छ । झापाका नदी वरदान पनि अभिसाप पनि हो । यहाँका खहरे खोलाहरु व्यवस्थित गर्नुको, अर्को कुरा यहाँ हात्तीको समस्या छ । यसबाट जनतालाइृ छुटकार दिलाउनु छ । त्यस्तै विगत केही दशकदेखि राटिय महत्वका उद्योगहरु झापामा देखापरिरहेका छैनन् । त्यसो हुनाले झापामा उद्योगहरु स्थापना गर्नु, प्राविधिक कलेजहरु खोल्नु, मेडिकल कलेजहरु खोल्नु, इन्जिनियरिङ कलेजहरु खोल्नु । यी तमाम कुराहरु मेरो एजेण्डामा पर्छन् ।
तपाई कसलाई प्रतिस्पर्धी ठान्नुहुन्छ ?
म कसैलाई प्रतिस्पर्धी ठान्दिन । म विजयको लागि उठिराखेको छु । जित्नको लागि । म कसैलाई हराउने कुरा सोच्दिन । म विजयी हुन्छु । हाम्रो पार्टी विजयी हुन्छ । र, पार्टी विजय हुनु यसकारण छ कि लगत्तै पार्टी एकीकरण गर्ने घोषणा गरेका छौँ । त्यसलाई सार्थक बनाउनका निमित्त पनि मेरो विजयी हुनु जरुरी छ ।

प्रतिस्पर्धी आफूलाई स्थानीय हुँ र बढी मत आउँछ भनेर प्रचार गरिरहेका छन् नि ?
निर्वाचन हँुदैछ । यो वडाको निर्वाचन होइन । यो केन्द्रको निम्ति सांसद छानिने कुरा हो । वडाको निम्ति भए, स्थानीय या अरु अरु कुरा गर्न मिल्थ्यो । नेपालको हरेक नागरिकलाई हरेक क्षेत्रबाट चुनाव लड्ने अधिकार छ । विगतमा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईले पर्सा जस्तो मधेशमा आएर चुनाव लड्नु भयो । हाम्रा मदन भण्डारी, प्रचण्ड लगायतका नेताहरुले विभिन्न क्षेत्रहरुबाट निर्वाचन लड्नु भएको इतिहास छ । यो चाहिँ राजनीतिक इसु नभएपछि उठाइने कुरा हो । यस्ता कुराहरु पञ्यायतकालमा गरिन्थ्यो । जातिको, क्षेत्रको, गोत्रको कुरा उठाइन्थ्यो । अहिले उठाउनुको कारण उहाँहरुसँग अरु राजनीतिक मुद्दा नभएर हो ।
चुनावपछि कम्युनिस्ट पार्टीहरु बीच एकीकरण हुन्छ भन्ने कुरा कसरी विश्वास दिलाउनु हुन्छ ?
किनभने कम्युनिस्ट पार्टीको कार्यव्रmम रणनीतिक लक्ष्य र हिँड्ने बाटोको कुरामा कुनै मतभेद देखिदैन । खासगरी २०६३ ÷०६४ पछि एमाले र माओवादी पार्टी एउटै निष्कर्षमा आइपुगेका छन् । उनीहरुले समाजलाई जुन ढंगले अध्ययन गरिरहेका छन्, त्यो अध्ययनबाट एउटै प्रकारको निस्कर्ष निस्किएको छ । चाहे त्यो प्रजातन्त्रको बारेमा होस् या वर्तमान अवस्थाको बारेको होस् या त भावी रणनीतिको बारे मा नै किन नहोस् । अनि बाटोको बारेमा । कुन बाटोबाट समाजवमादमा पुग्ने भन्ने विषयमा पनि मतक्य हुने भएकाले पनि पार्टी एकीकरण हुन्छ । नेपालका श्रमजीवि जनताको उत्कट चाहना पनि हो ।
अबको लडाइँ काँग्रेससँग मात्र हो ?
समाजका सबै प्रतिगामी अप्रजातान्त्रिक पक्षहरुसँग संघर्ष हुँदैछ । त्यसमा जो उभिन आउँछ, त्यो विरुद्ध स्वाभाविक रुपमा संघर्ष गर्नैपर्ने हुन्छ ।
कम्युनिस्टको सरकार आए देशमा अधिनायकवाद हावी हुन्छ भन्ने विपक्षीको आरोप छ नि ?
त्यो उहाँहरुले भनेको प्रजतन्त्र चाहिँ धनीमानी, सुविधासम्पन्न सुकिला मुकिलाहरुले भागीरहेको सुविधालार्इै मान्नु हुन्छ । हाम्रो भनाई के छ भने जहाँ प्रजातन्त्रको सूर्य पुगेको छैन । सुकुम्बासी, दलित, मुस्लिम समुदाय, महिलाहरुको संसारभित्र पनि प्रजातन्त्र पुग्नु पर्छ भन्ने हो । त्यसैले प्रजातन्त्रको विस्तारलाई घनिभूत पार्ने कुरा हामी गर्छौ । आफूसँग(काँग्रेस) इसु नभएर, आफ्नो अस्तित्व बचाउनका निमित्त यस्तो अनर्गल प्रचार गरिरहेका छन् ।
तपाईको क्षेत्रमा चुनावी अंकगणितीय हिसाब कसरी गर्नु भएको छ ?
चुनावी अंकगणित स्पस्ट नै छ । बाम गठबन्धन १७ हजार भन्दा बढी मतले अगाडि छ । यसमा पनि राप्रपाको मत पनि थपिएको छ । त्यसैले पनि हामी हाम्रो विजयप्रति ढुक्क छौ । अझ पार्टी एकताको घोषणाले देखिएको उत्साहको मत हामीसँग छ ।
मतदाताहरुलाई के भन्नु हुन्छ ?
मलाई पार्टीले जहाँ जिम्मेवारी दियो, त्यो काम पूरा गर्दै आएको छु । कुनैबेला मलाई अन्तराटिय विभाग प्रमुख त कहिले प्रदेश प्रमुख भएर काम गरेछु । एक नम्बर प्रदेशको इञ्चार्ज हुँदा म एउटै टोलमा एउटै गाउँमा, क्षेत्रमा सीमित भएर बस्ने कुरा भएन । र, स्थानीय बादको नारा लगाएर जुन साथीहरु चुनाव लडिरहनु भएको छ । उहाँहरु पनि १ नम्बर क्षेत्रमा मात्रै बस्नु भएन । देशैभरि आको गाको र विदेशतिर गाको पनि सुनिथ्यो होइन । मैले नि बेलाबखत फोन गर्दा दाई म बाहिर जाँदैछु भन्ने कुरा सुन्थेँ मैले । अहिले चाहिँ मलाई पार्टीले १ नम्बर क्षेत्र जिम्मेवारी दिएको छ । त्यसैले मैले राजनीतिक रुपमा प्रदेश नं. १ मा नै नेतृत्व खेल्ने भूमिका गर्छु र मैले विकास निमाृण लगायत अरु कुराहरुमा १ नम्बर क्षेत्रमा नै केन्द्रित हुन्छु । किनभने मेरो जिम्मेवारी यहीँ ठाउँमा छ । त्यसैले म यहीँ नै केन्द्रित हुन्छु । म मतदाताहरुलाई यही विश्वास दिलाउँदै बाम गठबन्धनलाई अत्याधिक मत दिएर जिताउन हुन आग्रह गर्दछु ।

श्रीप्रसाद मैनाली
–तपाईको राजनीतिक यात्रा
मेरो राजनीतक यात्रा २०२८ सालबाट सुरु भएको हो । २०२८ सालमा झापा आन्दोलन भयो । त्यही आन्दोलनबाट मेरो राजनीतिक यात्रा सुरु भएको हो । मेरा गुरु सूर्य कन्दङ्वा, नन्दकुमार प्रसाई लगायतका कम्युनिस्ट नेताहरुको अगुवाईमा आन्दोलन भएको थियो । कक्षा ९ मा पढ्दाखेरि म कम्युनिस्ट आन्दोलनमा लागेको व्यक्ति हँु
तपाईको आर्थिक र शैक्षिक अवस्था ?
म सकुम्बासी हँु । सानो बारी थियो । त्यो पनि मैले छाडेर म काँकरभिट्टा आएको थिएँ । मेरो नाममा केही पनि थिएन । मैले आइएसम्मको अध्ययन गरेको छु ।
तपाईका एजेण्डा के के छन् ?
मुख्य कुरा हामी कम्युनिस्ट आन्दोलनमा लाग्यौँ । हामी श्रमिक र मजदुर र सर्वहारा वर्गको उत्थानका लागि लाग्यौँ । जुन किसिमको हाम्रो हँसिया र हथौडा झण्डा छ, त्यही झण्डा एउटै बावुका दुई सन्तान हुन् । शान्ति सम्वृद्धि र स्थायी सरकारको आजको आवश्यकता हो ।
मतदाताले तपाईलाई नै किन भोट दिने ?
म कम्युनिस्ट पार्टीमा लागेको व्यक्ति हँु । मैले २०३६ सालदेखि मजदुर सेक्टरमा कानम गरेँ । मजदुरका हरेक समस्यासँग जधेको छु । मैले मजदुरका कुरा बुझेको छु । त्यसपछाडि म २०५२ सालदेखि यातायात क्षेत्रमा काम गरेँ । जुन मेची बस व्यवसायी संघमा काम गरेँ, मैले आठवटा गाडीबाट ८ सयवटा गाडी बनाएँ । धैरै मान्छेलाई रोजगार दिएको छु । भ्रष्टाचार गरेको छैन । म एउटा सामाजिक मान्छै पनि हँु । राष्ट्रिय स्तरमा एउटा संगठनको अध्यक्षको जिम्मेवारी पनि सम्हालेको छु । त्यस कारण मतदाताले मलाई विश्वास गरेका छन् ।
जितका आधार के छन् ?
जित्ने आधार त धेरै छन् । नेपाली काँग्रेसले दुईपटक बहुमत ल्यायो । केही काम गर्न सकेन । जनताले जुन अपेक्षा गरेका थिए । तर पूरा हुन सकेन । नौ–नौ महिनामा सरकार परिवर्तन भए । जम्बो मन्त्रीमण्डल बनाउने, अदालतमा राजनीति गर्ने सिवाय काँग्रेसले केही गरेन । तर, त्यसको विकल्पमा २०५१ सालमा मनमोहन अधिकारीको पालामा आफ्ना गाउँ आफै बनाऔँ, जेष्ठ नागरिकलाई भत्ता दिएर सम्मान गर्ने लगायतका जनप्रिय कामको थालनी भयो । आज पनि त्यसले निरन्तरता पाएको छ । २०७४ सालमा आएर नेकपा एमालेले राष्ट्रियताको मुद्दालाई जोडतोडका साथ लागू गर्यो । नेपाली काँग्रेसले संविधान जारी गर्न सकेन । मधेस आन्दोलन भयो । हामी त्यसबेला राष्टियताको पक्षमा उभियौँ । त्यबेला नेपाली जनताले नेकपा एमालेलाई साथ दिए । केपी ओलीको सरकारले चीनसँगको पारवहन सम्झौता गर्यो । त्यो सम्झौताले पनि नेपालको शीर उठाउने काम गरेको छ । कम्युनिस्टको सरकारको अहिलेसम्म बहुमत आएको छैन । हामीले जनताको चाहना अनुरुप काम गर्न सकेका छैनौ । त्यसकारण बहुमतको सरकारका लागि आम मतदाताले बाम गठबन्धनलाई मत दिनुहुनेछ । श्रमिक, सर्वहारा र सुकुम्बासीहरुको पार्टीको झण्डा हँसिया हतौडा हामी सिंहदरवारमा राख्न चाहन्छौँ । एकचोटी हामीलाई मतदान गर्नुहोस् । गर्न सकेनौ भने विकल्प खोज्नुहोस् ।
वृद्भत्ताको अवधारणा काँग्रेसले अघि सारेको भन्छन् नि ?
सुरुवात नेकपा एमालेले गरेको हो । यो कुरा प्रष्ट नै छ । मनमोहन अधिकारीको पालामा मासिक १ सय रुपैयाँको दरले बृद्धभत्ता सुरु गरिएको थियो । अहिले २ हजार पुर्याइएको छ । हाम्रो सरकार बनेपछि त्यसलाई बढाएर ५ हजार पुर्याउँछौँ ।
तपाई कसलाई प्रतिस्पर्धी ठान्नुहुन्छ ?
मेरो प्रतिस्पर्धी नै छैनन् ।
चुनाव पछि बाम एकता हुन्छ भनेर कसरी विश्वास गर्ने ?
पहिलो कुरा त नेपालमा छरिएर रहेका कम्युनिस्टहरु एक्ला एक्लै ५० वर्ष लडे । देशी विदेशी शक्तिहरुले हामीलाई फुटाए । अहिले नेपाली जनताको चाहना अनुसार असोज १७ गते क केपी ओली र प्रचण्डले जुन ऐतिहासिक कदम चाल्नु भयो, अब हामी कम्युनिस्टहरु मिल्नुपर्छ भन्ने महसुस भयो । अनि बाम एकताको घोषणा भयो । टोल टोलदेखि बाम कार्यकर्ताहरु एकजुट भएका छन् । अब एकता हुनेमा दुइमत छैन । जो एकताको विरुद्धमा उभिन्छ, उ आफै पाखा लाग्छ । अब कम्युनिस्ट नेताहरुले एकताको उद्घोष गरिसकेका छन्, जनताले त्यसलाई अनुमोदन गरिसकेका छन् ।
अबको लडाइँ काँग्रेससँग मात्र हो ?
यो राष्ट्रवादीको लडाइँ हो । राष्टवादी शक्तिको रुपमा हामी बामपन्थीहरु अगाडि बढेका छौ । काँग्रेसको विषयमा कुरा गर्नु नै गल्ती हो । काँग्रेसले कम्युनिस्ट सरकार आयो भने अधिनायकवाद हावी हुन्छ भनेर अनर्गल प्रचार गरिरहेको छ । लोकतन्त्र चाहिँ काँग्रेसले मात्र ल्याउँछ भनेर असत्य कुर गरिरहेको छ । तर नेपाली जनताले त्यो कुराको विश्वास गरेका छैनन् । हामी प्रजातन्त्र र संविधान कार्यान्वयन गर्नका लागि लड्यौँ । र अब पनि लडिरहने छौँ । अब पाँच वर्ष होइन दुई वर्षमै कम्युनिस्ट सरकारले परिवर्तनको आभास गराउने छ ।
कम्युनिस्ट सरकार आए अधिनायकवाद हावी हुन्छ भन्ने विपक्षीको आरोप छ नि ?
यो त केटाकेटी कुरा हो । जो मान्छे प्रजातन्त्रका लागि लड्यो । २०२८ सालदेखि पञ्चायत विरुद्ध लड्यौँ, नेकपा माओवादीले जनयुद्ध लड्यो । अहिले एमाले राष्टियताको पक्षमा उभिएको छ । यो सबै जनताले बुझेका छन् । त्यसैले यस्तो आरोप केटाकेटीले नै पत्याउँदैनन् । त्यो कुराको खण्डन गर्नु पर्ने आवश्यकता छैन । यो कुरा सुनेर जनता हाँस्ने मात्र छन् ।
तपाईको प्रदेशमा चुनावी अंक गणीतीय हिसाब कसरी गर्नु भएको छ ?
मेरो प्रदेशमा हामी साडे आठ हजार बढी मतले अगाडि छौ । हिजो जुन मत आएकबो छ , त्यसलाई आधार मान्ने हो भने पनि हाम्रो जीत सुनिश्चित नै छ ।
अन्त्यमा
आम मतादातालाई के भन्न चाहन्छु भने पूर्वबाट सूर्यको किरण झुल्किसकेको छ । यो किरण देशैभर फैलिने छ । सूर्यविना कोही पनि बाँच्न सक्तैन । नेपाली जनताले पनि त्यही आश गरेका छन् । सिंहदरवारमा हँसिया हतौडाको झण्डा गाडिने भएकाले सूर्य चिन्हमा मतदान गर्न आम मतदातालाई आग्रह गर्दछु ।

r gगोपालचन्द्र बुढाथोकी
राजनीतिक यात्रा
मेरो राजनीति यात्रा २०३५ साल चैत्रबाट धुलावारी माविमा अध्ययन गर्दै गर्दा अनेरास्वावियुको संगठनमार्फत प्रवेश गरेको हँु । ०३६ सालमा एसलसी पास गरेपछि मेची क्यापम्समा अध्ययन शुरु गरे । त्यतिखेर विद्यार्थी आन्दोलन तत्कालिन पञ्चायती व्यवस्था विरुदमा उत्रिएको थियो । तिनै आन्दोलन मार्फत मेची क्यापम्पस अनेरास्ववियु को प्रारम्भक कमिटीमा प्रवेश गरे । तेसपछि निरन्तर राजनीतिमा सक्रिय छु । अध्ययन पछि म यातायात क्षेत्रमा सक्रिय भएँ । काम पनि गर्न थालेँ । सँगसँगै मजदुरहरुको हितका लागि संगठन निर्माण गर्दै अगाडि बढेँ ।
आर्थिक स्थिति
हामी एक बाउका चारभाई छोरा । तीन विगा जमिन छ । त्सका अतिरिक्त म आफैले आर्जन गरेको धुलावारीमा एकतले घर छ । त्यो भन्दा बाहेक मसँग केही छैन ।
तपाईका एजेण्डा के के छन् ?
मेरो एजेण्डा भनेको नेकपा एमाले त्यमाथि बाम गठबन्धनले अघि सारेका एजेण्डा नै हुन् । खासगरी नेपालदमा राजनीतिक परिवर्तन भयो । जनताका निमित्त राहत दिने, जनताका समस्या समाधान गर्ने र जनताको सरकार आएको छैन । जनताको तहसम्म हामीले अधिकार पुर्याएको छैन । नयाँ संविधानले अवधारणा गरेको संरचना अनुसार बाम गठबन्धनले अब सरकार बनाउँछ । त्यसपछि मजदुरका समस्या समाधान हुनेछन् । किसानका समस्या समाधान हुनेछन् । कृषिमा व्यावसायिक प्रवर्धन हुनेछ । हाम्रो भूमि नेपाल सुहाउदो हुनु पर्छ । हामी कृषि उत्पादनलाई जोडदिने सन्दर्भमा विदेशीको नक्कल गरिरहेका छौ । विदेशी मोडल लिन सकिन्छ । हाम्रो भुगोलसँग सम्बन्धीत, जीवनसँग सुहाउदो हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । मजदुरहरुको समस्या त्यस्तै छन् । राष्ट्रिय पर्वको रुपमा मनाइरहेको मतदान गर्ने दिनपनि मजदुरहरुले विदा नपाउने परिस्थस्ती छ । मतदान गर्न जानेदिन पनि हाजीरा नपाउने अवस्था छ । मजदुरको मालिकले भोट हाल्न जान पाउने, श्रमिकले जान नपाउने समस्या छ । क्षेत्र नम्बर १ का हरेक मतदाताको समस्यासँग म जुधेको छु । सुकुम्बासी समस्या यहाँको प्रमुख समस्या हो । भुमिको अवस्था एकै प्रकृतिको छैन् । यस्ता समस्या समाधान गर्न म प्रतिबद्ध छ’ । अब क्षेत्र नम्बर १ मा कोहिपनि सुकुम्बासी हुनुपर्ने छैन् । मैले यो समाधानका लागि एउठा खाका तयार पारेको छु । प्रदेश सभामा निर्वाचित भइसकेपछि नियम, कानुनको परिधि भित्र रहेर समाधानको बाटो खाज्न प्रयत्नशिल रहेने छु । सुकुम्बासीका नममा राजनीति गरिने परम्परालाई अब हामी तोड्ने र्छौ ।
मतदाताले तपाइैलाईनै किन भोट दिने ?
पहिलो कुरो मतदाताले मलाई नेकपा एमालेको निती तथा सिदान्तको आधारमा मत दिने हो , म नेकपा एमालेको कार्यकता हु । बामगठबन्धनपछि जनतामा उत्साह थपिएको छ । म बाम गठबन्धनको उम्मेद्वार हु । म राजनीतिमा लागेपछि नै जनपक्षिय काम गर्दै आएको छु । जनमैत्रि भुमिकामा आफुलाई प्रस्तुत गरेको छु । तर, राज्य जनमैत्रि छैन् । राज्य मजदुर मैत्रि पनि छैन् । राज्यले न्याया दिन सकेको छैन् । अझैपनि राज्यका निकायहरु सुकिला मुकिलाहरुका लागि मात्र भएको छ । गरिबको पक्षमा राज्य छैन् । म जनताको पक्षमा उभिएको छु । हरेक जनताका समस्यामा म साथसाथै छु र प्रदेश सभामा निर्वाचित भएपछि जनताको पक्षमा कडारुपमा उभिने छु ।
जित्ने आधार के छ ?
पहिलो कुरा त नेकपा एमालेको नीति, सिदान्त र विचारको आधारमा, दोस्रो कुरा म बाम गठबन्धनको उम्मेद्वार हु । राजनीतिमा लागेदेखि निरन्तर जनताकोविचमा निश्पक्ष ढंगले काम गरिरहेको छु । अदालतबाट न्याय नपाएका हरुलाई न्याय दिलाएको छु । अदालतपनि जनमैत्री छैन् । अदालतमा निमुखाहरुको सुनुवाई हुदैन । विकासको सबालमा म जनताकै पक्षमा काम गरिरहेको छु । मेले जनताको काम गर्दा कसैको पनि एक पैसापनि खाएको छुइन । मैले बरु जनतालाई सहयोग गरेको छु । जनतासँग मेरो घनिभृत सम्बन्ध छ । त्यसकारण जनताले मलाई माया गर्छन् भन्ने विश्वास लिएको छु ।
चुनाव जितेपछि विकासका योजना के छन् ?
विकासका योजना त धेरै छन् । चनाव जिती सकेपछि विकासका योजनाहरुलाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउने छौँ । प्रदेश सभाले के काम गर्छ, त्यसको अधिकार के हो ? अहिलेसम्म थाहा छैन । मैले जानकारी पाएसम्म प्रदेश सभाले नीति निर्माण गर्छ । नीति निर्माण नै मुख्य कुरा हो । नीति गलत बन्यो भने नतिजा पनि गलत परिणाम निस्कन्छ । त्यसैले जनतालाई न्याय दिने खालको जनमैत्री नीति आवश्यक छ । यो क्षेत्रमा थुपै्र समस्याहरु छन् । मूल बाटाहरु सबै बिग्रेका छन् । इटाभट्टाबाट उत्तर दक्षिण, त्यस्तै धुलावारीबाट पहाड जोड्ने बाटो अभावमा हामी पछाडि परेका छौँ । भद्रपुरबाट तिरिङ जोड्ने बाटो निमार्ण गर्ने गरी हामीले योजनामा पारेका छौँ । काँकरभिट्टा मेची करिडोर निर्माण गर्ने गरिको योजना अघि सारेका छौँ । काँग्रेसको सरकारले यो योजनाको बजेट कटौती गरेको सुनिएको छ । त्यो बजेट के कारण कटौती भयो खोजी गर्ने छौँ । क्षेत्रको विकासका निम्ति केन्द्र र प्रदेशसँग समन्वय गरेर अघि बढ्ने छौँ । सरकारले ल्याउने बजेट लक्षित समुदायसम्म पुग्न सकेको छैन । त्यसलाई पुर्याउन विधि बनाउने छौँ ।
तपाईँ कसलाई प्रतिस्पर्धी ठान्नुहुन्छ ?
मैले प्रतिस्पर्धी त कसैलाई ठानेको छैन । विचारको प्रतिस्पर्धा छ । हामी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु समाजबादको स्थापना गर्दै मुलुकलाई सम्बृद्ध नेपाल बनाउन चाहन्छौँ । सम्बृद्धि हाम्रो लक्ष्य हो । सम्बृद्धि प्रात्ति गर्न भूमि र परिवेश सुहाउँदो हुनुपर्छ । त्यसैले हामी यसका निमित्त लाग्ने छौँ ।
चुनाव पछि पार्टी एकीकरण हुन्छ भन्ने विश्वास कसरी दिलाउनु हुन्छ ?
नेताहरुको एकीकरण गर्ने भूमिका आशलाग्दो नै छ । मैले केपी कमरेडलाई पनि सोधेको छु । प्रचण्डलाई सोध्नुहुने साथीहरुले पनि त्यही भन्नु भाको छ । मुलुकका निम्ति चिन्तित भएर राजनीतिक गरेका हुन् भने पार्टी एकीकरण हुन्छ । सम्बृद्ध मुलुकको परिकल्पना गरेर नेताहरु जुन हिसाबले अघि बढ्नु भएको छ । यसमा कुनै द्विधा र शंका छैन । पार्टी एकीकरण भइसकेको अवस्था छ । त्यसैले एकता हुन्छ भन्नेमा म विश्वस्त छु ।
कम्युनिस्ट सरकार आए मुलुकमा अधिनायकवाद हावी हुन्छ भन्ने विपक्षीको आरोप छ नि ?
अधिनायकवाद केलाई भन्छन् मलाई थाहा छैन । काँग्रेसको ब्याख्या के हो त्यो थाहा छैन । नेपालाई सम्बृद्ध बनाउने कुरा अधिनायकवाद हो भने काँग्रेसलाई प्रश्न सोध्नु पर्ने हुन्छ । लोकतान्त्रिक संविधान हामीले बनाएको हौँ । खासगरी बहुमत कम्युनिस्ट पार्टीका सदस्यहरुले हस्ताक्षर गरेर यो दीघो लोकतान्त्रिक संविधान बनाएका छौँ । आफैले बनाएको संविधान विपरीत हाम्रो पार्टी जादैन । हामी आफैले जन्माएको उत्तराधिकारी छोरालाई मार्दैनौँ । त्यसैले तिनीहरु(काँग्रेस) को जस्तो अधिनायकवाद हाम्रो पार्टीमा छैन । हामीसँग उन्तत किसिमको जनवाद छ ।
तपाईले चुनावी अंकगणितीयलाइ कसरी हेर्नु भएको छ ?
म ज्योतिष होइन । तर पनि म भोट जित्छु भन्ने आधार चाहिँ हाम्रो टोल टोलमा रहेका कमरेड साथीहरुको रिपोटिङ तथा जनताले जुन किसिमको हामीप्रति उत्साह देखाउनु भएको छ यो जितको आधार पनि हो । म चियादोकानमा गरेको मतको हिसाब गर्दिन । मत टोलमा छ । त्यो मत मेरौ हो । किनकी नेकपा एमाले मत नै टोलमा छ । यो टोलका जनताले बनाएको पार्टी हो ।
अन्त्यमा
आदरणीय सम्पूर्ण दाजुभाई दीदीबहिनीहरु मजदुर, किसान, युवा लगायत आम मतदातालाई के भन्न चाहन्छु भने हामी यो मुलुकको सम्बृद्,ि उन्नति र प्रगतिका निमित्त शोषित पीडित जनताको हितका निमित्त उनीहरुले राज्यबाट आधारभूत सेवासुविधा पाउनु पर्छ भनेर हामी जनताको बीचमा छौँ । जनताकोसँग एकाकर भएर लड्यो । आन्दोलनमा समाहित भयौँ । राज्य सञ्चालन गर्ने ठाउँमा पनि पुग्योँ । तर बहुमत नआएका कारण हामीले भनेको जस्तो नीति निर्माण बनाउन सकेका छैनौँ । त्यसैले यसपालि जनताले बाम गठबन्धनलाई बहुमत दिनुपर्छ । हामीलाई यो मुलुक बनाउन सकिन्छ भन्ने लागेको छ । यो चुनाव मुलुकलाई कस्तो बनाउने भन्ने हो । यो लोकमत पनि त्यस्ैले मुलुकको भविष्यका लागि जनताले निर्णय गर्ने हो । हामी जनतालाइृ के आग्रह गनै चाहन्छौँ भने काँग्रेस प्रयोगमा आइसकेको वस्तु हो । बहुमत प्राप्त गर्दा पनि जनताको काम गर्न सकेको छैन । यसपटक बामपन्थी पार्टीलाई बहुमतले विजय गराऔँ । यदि हामीले सकेनौँ भने जनताले भोलि सहयोग गर्ने छैन । त्यसैले हामीलाई यो पटक मतदान गरिदिनुहोस् भन्न चाहन्छु ।
प्रस्तुति ः अर्जुन कार्की ÷ झुलन रेग्मी

प्रतिक्रिया दिनुहोस्: