के का लागि बिर्तामोड महोत्सव ?

badri mahatविसुद्ध समाजका लागि समर्णपित संस्था संयुक्त युवा परिवार–झापाले असहाय विद्यार्थीको शैक्षिक उन्नयन गर्ने उदेश्यले ‘बिर्तामोड महोत्सव–२०७५’ सुरु गरेको छ । संस्थाका महासचिव बद्री महतसँग पत्रकार प्रकाश उप्रेतीले गरेको कुराकानी यसप्रकार छ ः–

प्रश्नः नमस्कार ! महासचिव ज्यू ।
– नमस्कार ! प्रकाश जी ।

प्रश्नः के गर्दै हुनुहुन्छ नयाँ, ताजा ?
– हामीले संस्थामार्फत यही पुष १३ देखि २५ गतेसम्म झापाको बिर्तामोडमा ‘बिर्तामोड महोत्सव २०७५’ शुरु गरेका छौं ।

प्रश्नः यो कस्तो संस्था हो ?
– समाजमा देखिएका विकृति–विसंगतिलाई रोक्दै विकृतमुलक समाज निर्माणका लागि लामो योगदान गर्दै आएको संस्था हो । पछिल्लो समयमा वातावरण प्रदुषण असन्तुलित हुदै आएको छ । वातावरणीय प्रदुषणका कारण मानव तथा प्राणीको स्वास्थ्यमा परेको प्रत्यक्ष असर, विकास निर्माणमा भएको ढिलासुस्ती, युवा–युवतिमा बढेको विकृति–विसंगती, भ्रष्टाचार र धुँवा–धुलो जस्ता गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई झकझक्याउने र त्यसको समाधानको पहल गर्ने विशुद्ध समाजिक संस्था हो ।

प्रश्नः के का लागि बिर्तामोड महोत्सव ?
–समाजमा बसोबास गर्नेमध्ये विपन्न, भौतिक रुपमा असक्षम तथा असाहय विद्यार्थीको शैक्षिक विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । .

प्रश्नः देखावटी रुपमा विभिन्न बहाना बनाएर कार्यक्रमको आयोजना गर्ने तर, कार्यक्रम सफल भएपछि उद्देश्यअनुसारको काम नगर्ने संंंघ–संस्थाको परिपाटी नै बनेको छ नी । के भन्नुहुन्छ ?
–हाम्रो संस्था त्यस्तो छैन । किनकी विगतका कार्यक्रमले पनि छर्लङग पार्छ । जुन उद्देश्य राखिन्छ सोही काम गरिदैँआएका छौं । यो कार्यक्रम पनि सोहीअनुसार गछौं ।

प्रश्नः महोत्सवमा के–के छ ?
–व्यापारीलाई व्यापारमा र कृषकलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न व्यवसायिक र कृषिजन्य गरी विभिन्न ७० वटा स्टल राख्ने व्यवस्था मिलाएको छ । त्यसमा आइटी तथा विज्ञान, कम्प्युटर इलेक्ट्रोनिक तथा मेसिनरी, अटो तथा मोटरपार्टस्, शैक्षिक सामाग्री, शैक्षिक परामर्श सेवा, श्रृंगारका सामान, पहिरन तथा लत्ताकपडा, जुत्ताचप्पल लगायतका स्टलहरु रहनेछ । दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति, साहित्यिक प्रतियोगिताको आयोजना गर्ने छ ।

प्रश्नः बिर्तामोड महोत्सव–२०७५ मा खर्च–आम्दानीको अनुमान कस्तो छ ?
–यो संस्थाको नाफा कमाउने उद्देश्य नभई व्यवस्थापनमा लाग्ने खर्च बाहेक बचेको रकम विद्यार्थीको उन्नमयन तथा खंस्था सञ्चालनार्थ खर्च गरिनेछ । महोत्सवमा २० लाख अनुमानित खर्च हुने र २५ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: