कोरोना भाइरसबाट झापाका थप ४ जनाको मृत्यु

मेचीखवर अनलाइन । झापा
कोरोना संक्रमणबाट झापाका थप चारजनाको मृत्यु भएको छ । शुक्रबार एकैरात दुईजना संक्रमितको मृत्यु भएको हो भने दुईजनाको मृत्यु भएपछि संक्रमण पुष्टि भएको हो । शुक्रबार राति मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन् ।

मृतक दुवै पुरुष हुन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ढुंगाना थरका ५८ वर्षिय पुरुष रहेका छन् । उनको घरैमा मृत्यु भएको हो । बिहीबारका दिन स्वाब परीक्षणका लागि दिएकोमाउनको रिपोर्ट शुक्रबार पोजिटिभ आएको थियो । रिपोर्ट आएकै दिन राति उनको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

त्यस्तै शिवसताक्षी ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पिसिआरको रिपोर्ट पोजिटिभ आएको थियो । शुक्रबार राति उनको मृत्यु भएको परिवारले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १६ पुगेको छ । आजको प्रतिदिन दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्: