आमाद्धारा ३ सन्तानको विभत्स हत्या

मेचीखवर अनलाइन । झापा
आफ्नै आमाले सन्तानको हत्या गर्छिन् भनेर कसैले कल्पना समेत गरेको हुँदैन । तर कल्पनासमेत गर्न नसकिने गरी एक आमाले आफ्नै तीन सन्तानको विभत्स हत्या गरेकी छन् ।

अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध बनेको छ । अष्ट्रियाबाट प्रकाशन हुने क्रोने अनलाइनले ३१ वर्षीया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको समाचार सार्वजनिक गरेपछि विश्वभर सनसनि फैलिएको हो ।

गैरआवासीय नेपाली संघ अष्ट्रियाको उच्चस्रोतका अनुसार हत्याको अभियोग लागेकी बुटवल घर भएकी ३१ वर्षीया चन्द्रा भट्टराई अर्याल हुन् । स्रोतका अनुसार अर्याल दम्पतीमा लामो समयदेखि पारिवारिक समस्या थियो । उनीहरुको परिवार गुल्मीबाट बुटवल सरेको थियो ।
उनीहरुको बीचको झगडाको बारेमा स्थानीय प्रहरीसमेत जानकार रहेको बताइएको छ । आजको पूर्वाञ्चल दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्: