झापामा आइतबारदेखि वेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

मेचीखवर अनलाइन । झापा
जिल्ला प्रशासन कार्यालय झापाले आइतबारबाट राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।जिल्लामा कोभिड –१९ को संक्रमण फैलिँदै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय झापाले आइतबारदेखि कात्तिक १४ गते कोजाग्रत पूर्णिमासम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला कोभिड क्राइसिस् मेनेजमेन्ट सेन्टरको बैठकले बेलुका ८ बजेपछि सबै खाले सवारी साधन, पसल बन्द गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा हस्ताक्षर गरिएको सूचनामा अत्यावश्यक काममा बाहेक सो समयभित्र हिंँडडुल नगर्न, सवारी साधन सञ्चालन नगर्न र पसलव्यवसाय नखोल्न आग्रह गरिएको छ ।

दशैंलाई लक्षित गर्दै प्रशासनले अबैध मदिरा उत्पादन तथा विक्री वितरणनगर्न, मदिरा सेवन गरेर सवारी नचलाउन, पटाका तथा आतिसवाजी लगायतका वस्तुहरुको ओसारपसार नगर्न–नगराउन, धार्मिक, सामाजिक तथा साँस्कृतिक सद्भाव विथोल्ने किसिमका गतिबिधिहरु नगर्न, विभिन्न संघ संगठनतथा संस्थाहरुले गर्ने शुभकामना आदानप्रदान जस्ता मानिस जम्मा भएर गरिने कार्यक्रमहरु नगर्न, ध्वनि प्रदुषण हुने गरी ठूलो आवाजमा माइक नबजाउन पनि सूचित गरेको छ । शक्तिपीठहरुमा नित्य पूजाबाहेक भेला भएर भीडभाड गर्न, शक्तिपीठहरुमा नित्य पूजाबाहेक भेला भएर भीडभाड गर्न, मेला बजार लगाउन पनि रोक लगाइएको छ ।

जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले सो सम्बन्धि निर्णय गरेको जनाइएको छ । झापामा कोरोनाको संक्रमण बढ्द गएको भन्दै भीडभाड नगर्न प्रशासन कार्यालयले आग्रह गरेको छ । संक्रमण रोग ऐन २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम झापामा निषेधाज्ञा जारीगरिएको हो । साथै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, तथा स्वास्थ्य चौकीहरुमा आवश्यक अक्सिजनको ब्यवस्था गर्न सम्बन्धित निकायलाई अनुरोध समेतगरिएको छ । जाको पूर्वाञ्चल दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्: