‘दशैं मनाउँदा स्वास्थ्यका मापदण्ड पालना गरौं’

मेचीखवर अनलाइन । झापा  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरेको छ ।

मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्ति बाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भेटघाट गर्नैपर्ने भए कम्तिमा दुई मिटरको दूरी अनिवार्य रुपमा कायम गर्न आग्रह गरे । प्रवक्ता गौतमले भने –चाडपर्वको समयमा सकेसम्म घरबाट ननिस्कन सवैलाई आग्रह समेत गरेका छन् । आजको पूर्वाञ्चल दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्: