कोरोनाको खोप बनेपछि सुनको मुल्य घट्यो

मेचीखवर अनलाइन । काठमाडौं
नेपाली बजामा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्यमा एकैदिन ३ हजार ४ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँ भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइहेको छ । त्यस्तै चाँदीको भाऊ पनि घटेर १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

सुनको भाऊ यसरी घट्नुमा अन्तर्राष्ट्रिय बजारमा कोरोनाविरुद्धको खोपको सफल परीक्षण हुनुलाई प्रमुख कारण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्: