कोरोना प्रभावित नेपालीलाई कतारले सहयोग गर्ने

मेचीखवर अनलाइन । काठमाडौं
कतार सरकारका विभिन्न मन्त्रालयले कोरोना प्रभावित नेपाली कामदारलाई खाद्यान्न सहयोग गर्ने भएका छन् । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालयले कतारको परोपकारी संस्था कतार च्यारिटी मार्फत विगत देखि नै कतारमा रहेका आप्रवासी समुदायको श्रमिकहरुलाई विभिन्न सहयोग गर्ने कार्यक्रम सार्वजनिक गरेकोे जनाएको छ । उक्त सहयोग लिन कतारमा रहेका नेपालीले एनसीसी कतारमार्फत नेपाली परिवारहरुको विवरण पठाउनुपर्ने बताएका छन् ।

विवरण संकलन कार्य चाँडै शुरु हुने जानकारी दिँदै उनले समस्यामा परेका नेपाली परिवारहरूले आफ्नो आवश्यक विवरण एनसीसी कतारको अफिसियल ईमेल ठेगाना nrnancc.qatar2003@gmail.com  मा पठाउन आग्रह गरेका छन् ।

सहयोग प्राप्तका लागि पीडितले आवश्यक विवरण आफ्नो पूरा नाम थर, कतार आईडी नम्बर, परिवारको सदस्या संख्या, कतार आईडीको प्रतिलिपी संलग्न गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: