झापा इनर्जी लिमिटेडले विद्युत प्राधिकरणलाई विद्युत विक्री गर्ने

मेचीखवर अनलाइन । बिर्तामोड
नेपाल सरकारले सन् २०३० सम्ममा १५ हजार मेघावाट जलविद्युत र एकजार सौर्य विद्युत उत्पादन गर्ने योजना बनाएसँग झापा इनर्जी लिमिटेडले १० मेघावाट सौर्य उर्जा उत्पादन गर्ने योजना अघि सारेको छ ।

लिमिटेडले शनिवार बिर्तामोडमा दोस्रो वार्षिक साधारणसभाका क्रममा १० मेघावाटको सोलार परियोजनाबाट एक बर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत नेपाल बिद्युत प्राधिकरणलाई बिक्री गर्ने जनाएको हो ।

कार्यक्रममा केदार संजेल, नरहरि फुयाल र द्धिराज शर्मालाई सञ्चालकका रुपमा थप गरिएको जनाइएको थियो । लिमिटेडका अध्यक्ष साँवाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सञ्चालक रामचन्द्र उप्रेतीले गरेका थिए । सञ्चालक बसन्त बानियाले कार्यक्रमको समापन गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रवन्ध सञ्चालक सुवास भट्टराईले गरेका थिए ।

कार्यक्रममा परियोजनाका लागि आवश्यक करिव २२ विगाह जमिन खरिद गरी कम्पनीको स्वामित्वमा ल्याइसकेको जनाएको छ । आयोजनाको कुल लागत ७९.९० करोड रहेको छ भने २० करोड पुँजी र ५९.९० करोड बैंक कर्जा गरी वित्तिय स्रोत व्यवस्थापना गरिने जनाइएको छ । आयोजनाले बार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन गरेर बार्षिक १२ करोड ८५ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ । आयोजनाको आन्तरिक प्रतिफल दर १४.४७ पुँजीको १९.१३ प्रतिशत रहने छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ७ बर्ष तोकिएको छ । आयोजनाको ग्रिड कनेक्शन सम्झौता झापा पाँचगाछीस्थित ब्लुचोक सवस्टेशनमा गर्ने गरी सम्पन्न भइसकेको साधारणसभामा बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्: