नेकपाका दुबै समूह आधिकारिक नभएको निर्वाचन आयोगको भनाई

मेचीखवर अनलाइन

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहले आफूहरु आधिकारिक भएको र आफ्नो समूहलाई निर्वाचन आयोगले मान्यता दिएको बताइरहेका बेला निर्वाचन आयोगले भने कुनै पनि समूहलाई आधिकारिकता प्रदान नगरेको स्पष्ट पारेको छ ।

शुक्रबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता सुवास नेम्वाङले भने आयोगले नेकपाको आधिकारिकताको टुंगो लगाइसकेको र आफूहरुत्यसै अनुसार अघि बढ्ने बताएका थिए । उनले आफूहरु नै आधिकारिक भएकोमा दाबी समेत गरे । तर, निर्वाचन आयोगका आयुक्त ईश्वर पौडेलले कुनै पनि समूहलाई आधिकारिकता प्रदान नगरेको जानकारी दिए ।

संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमारनेपाललाई चयन गरेको छ । ओली समूहले भने २०७८ मंसीरमा महाधिवेशन गर्ने गरी केन्द्रीय कमिटी विस्तार गर्दै विवरण अध्यावधिक गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।

तर, ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै समूहको दाबी अस्वीकार ग¥यो । योसँगै कानूनीरुपमा नेकपाको अध्यक्ष ओली र प्रचण्ड रहे भने केन्द्रीय कमिटी ४४१ सदस्यीय नै कायम भयो । यो निर्णयसँगै ओली समूहका नेताहरुले आयोगले ओलीलाई प्रमुख पदाधिकारी मानेकाले आफूहरु आधिकारिक भएको दाबी गरेका थिए ।

तर, आयोगले शुक्रबार दुवै समूहलाई छलफलमा बोलायो । तर, प्रचण्ड–माधव समूहले अध्यक्षद्वय राजनीतिक कार्यक्रमका क्रममा उपत्यका बाहिर रहेको भन्दै केहीदिन समय दिन आग्रह गरेको छ ।

आजको पूर्वाञ्चल दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्: